
केहि औंलामा गन्न सक्ने गरि नेपाली फिल्म निर्माताहरू सामाजिक कार्यमा अग्रसर हुने गरेको पाईन्छ । यिनै औंलामा गन्न सकिने निर्माता मध्येका एक सरद अधिकारी पनि देखिएका छन् । भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक मेल' को च्यारिटी गर्दै निर्माता अधिकारीले सहयोगको हात अगाडी बढाएका हुन् ।

भोली मंगलबार साँझ फिल्म फेसबुकको राजधानीका भव्य समारोहका विच प्रेस मिट गरिंदैछ । केक्टेल डिनर सहित त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजना हुन लागेको सो प्रेस मिटका सहभागी हुन हिरो स्वतन्त्र प्रताप शाह आजै अष्ट्रेलियाबाट नेपाल आईपुगेका छन् ।

विश्वप्रसिद्ध साहित्यिक कृति ‘शिरिषको फूल’ मा आधारित रहेर निर्माण गरिएको फिल्म 'शिरिषको फूल' को आईतवार राजधानीमा एक समारोहका विच प्रिमियर गरियो । चर्चित साहित्यकार पारिजातले लेखेको सो कृतिमा बनेको उक्त फिल्मलाई जापनिज नागरिक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।

चर्चित फिल्मी कार्यक्रम रजतपटका सम्बाददाता सचित खड्कालाई पितृ शोक परेको छ ।

यस अघि बर्थडेको मौकामा हिरोको तस्बिर सार्वजनिक गरेको समय युनिटले हिरोईन पनि सार्वजनिक गरेको छ ।

चित्रसेन बाबा मिडियाको पहिलो प्रस्तुति नारायण खतिवडा र सन्जोग खतिवडाको निर्माण तथा किशोर चौधरी निर्देशित फिल्म 'भेटी' आगामी कार्तिक ३ गतेदेखि मोफसलका हलहरु र कार्तिक १७ गते उपत्यकाका हलहरुमा प्रदर्शन हुने भएको छ ।

