मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20779 - 20784 of 22588
फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक १९, शनिवार
निर्देशक सुरेश दर्पण पोखरेलले आज आफ्नो जन्मदिन आमा घर पुगी मनाए । राजधानीको रविभवन स्थित आमा घरमा पुगी बृद्व आमाहरूलाई केहि आर्थिक सहयोग र फलफुल बितरण गरि आफ्नो जन्मदिन मनाए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक १९, शनिवार
छायाँकनमा रहेको चलचित्र 'म अनि तिमी' आर्थिक समस्याले गर्दा रोकिएको छ । चलचित्रको सुटिङ एक्कासी रोकिए पछि निर्माण युनिट केहि तनावमा छ ।
सन्जोक बस्याल, पोखरा, २०६८ कार्त्तिक १९, शनिवार
आफ्नो लगानी रहेका २ चलचित्र ब्यवसायीक रुपमा असफल भए पछि निर्माता तथा वितरक हरि बराल अहिले सडकमा पुगेका छन् । धेरै आशा राखेको भगवानबाट निराश बनेका बरालको सपना पनि सपनामै सिमित भएपछि अन्नत: उनि सडकमा आई पुगेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक १८, शुक्रवार
सुटिङ प्याकअप हुनका लागि २० प्रतिशत काम बाँकि रहेको  अवस्थामा अचानक निर्देशक दीपक रायमाझीको निधन भएपछी चलचित्र डेष्टिनेशन  काठमाण्डूको बाँकि काम पूरा नहुने संकेत देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक १८, शुक्रवार
प्रेम दिवसको अवसर पारेर सार्वजनिक हुन लागेको चलचित्र 'छबिलाल कञ्जुस छैन' का पोस्टरहरू सार्वजनिक गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले आफ्नो वालमा चलचित्रका ४ पोस्टरहरू पोस्ट गरेका छन् ।
सन्जोक बस्याल, पोखरा, २०६८ कार्त्तिक १८, शुक्रवार
पोखरालाई फिल्म सिटि घोषणा गर्दा सरकारले स्थानिय व्यक्तिहरूसँग छलफल नगरेकोमा चलचित्र निर्देशक माओत्से गुरुङले गुनासो गरेका छन् । पोखरेली कलाकार, संगितकर्मी, बुद्धिजिवी लगायतसंग छलफल गर्नु पर्नेमा त्यस्तो केहि नगरेको गुरुङले बताए ।
Results : 20779 - 20784 of 22588