निर्माता एवं चर्चित कलाकार केशव भट्टराईले सो सिम्पल फल्प भएको तनावमा अमेरिकी डिभी लोटरी भरेका छन् । डिभी भर्ने अन्तिम दिन हिजो शुक्रबार साँझ करिब ८ बजेको समयमा भट्टराईले तितो सत्यमा अभिनय गर्ने एक कलाकारको साथमा घट्टेकुलो स्थित एक कम्युनीकेशनबाट डिभी फारम भरेका हुन् ।
केशवले फल्प भएको आफ्नो फिल्म प्रमुख स्टेशनबाट उत्रिएको दिन पुरै तनावमा आउदै डिभी भरेको श्रोतले खबर दिएको छ । यस्तै श्रोत अनुसार भट्टराईले चलचित्र निर्माता संघको महासचिव पदबाट पनि राजिनामा दिने मुड बनाएका छन् । ६० लाखको लगानीमा बनेको उनको फिल्मले दुई हप्ता रिलिज अवधि पाउदा पनि वितरकको भागमा परेको २५ लाख लगानी समेत उठाउन हम्मे रहेको अवस्था छ ।
शिव रेग्मी निर्देशित यो फिल्म मोफसलका केही स्टेशननमा अझै रिलिज भईरहेको छ भने तिहारको छेकोमा पनि केही मोफसलका हलहरुमा रिलिज हुदै छ । तर दशैको बेलामा शुन्य रहेको राजधानीमा यो फिल्मले शून्य ब्यापार गरेपछि तनाव झेलेका भट्टराईले अमेरिका पलायन हुने सोचका साथ डिभी भरेको हुन सक्ने अनुमान लगाईएको छ ।

