
भोली शुक्रबार राजधानीमा तीन फिल्मको भिडन्त हुने भएको छ । नयाँ फिल्मको रूपमा 'फेसबुक' राजधानी सहित देशभर रिलिज हुँदैछ भने हात लाग्यो शून्य र सिन्दूर राजधानीका हलमा लाग्दैछ ।

घुष काण्डपछि केन्द्रीय कार्यसमितिबाट निलम्बनमा परेका निलहरी काफ्लेको स्थानमा छवि ओझालाई तानिएको छ ।

गत मंसिरमा चलचित्र बिकास बोर्डको सदस्य पदमा नियुक्त भएका विकास आचार्यलाई सो पदबाट हटाईएको छ । संचार मन्त्री राजकिशोर यादवले उनको फाईल हिजो उठाएको फिल्मीखबरलाई खबर प्राप्त भएको छ ।

लामो समयदेखि सुटिङ हुने भनिएको फिल्म 'बितेका पल' को अन्तत: असोज १५ गतेबाट फ्लोरमा जाने भएको छ । यसअघि सिंगापुरमा सुटिङ गर्ने भनिएको सो फिल्मको लोकेशन सरेर अहिले दार्जिलिङ पुगेको छ र सुटिङ पनि सोही स्थानबाट शुरू हुनेछ ।

मेरो एउटा साथी छ फिल्मबाट निर्देशनमा हात हालेका सुदर्शन थापाले आफ्नो आफ्नो ३० औं जन्मदिन मनाउँदैछन् । काठमाण्डौमा नै जन्मेका यि रैथाने निर्देशकले जन्मदिनको खासै कार्यक्रम नराखेकाले परिवारको साथमा सामान्य तरिकाले मनाउने बताए ।

स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भएपनि त्यसको कुनै मतलव छैन अरुणिमालाई ।

