
विनिता खड्कासंग पहिलो बिबाह गरेका सुवासको दोस्रो पनि बिहे भएको रहस्य सार्वजनिक भएको छ ।

सुटिङ रोएिपछि अमेरिका जाने कारण देखाउदै करिश्माले सो फिल्म नगर्ने बताएपछि प्रोडक्सन टिमले उक्त स्थानमा सुस्मिता बम्जनलाई अनुबन्धन गर्दै आजबाट सुटिङ सुरु गरेको हो ।

अर्न्तराष्ट्रिय कलाकार मञ्चको अर्को शाखा कतारमा बिहीवार देखी बैधानिक रुपमा सञ्चालनमा आएको छ । संसारभरका नेपाली कलाकारहरुलाई एउटै परिधी भित्र बाँधेर राख्ने उद्देश्यले गठन गरिएको सो मञ्चले गत बिहिबार देखि अर्न्तराष्ट्रिय कलाकार मञ्चको केन्द्रिय कार्यालय अमेरिकाबाट बैधानिकता पाएको हो ।

केहि फिल्म निर्देशन गरेर झण्डै दुई बर्ष हराएका नेपालको पहिलो फिल्म कलेज ओस्कार कलेज अफ फिल्म स्टडिजको पहिलो ब्याजका निर्देशक रामराजा दाहाल नयाँ प्रोजेक्ट गर्ने शुरमा छन् ।

असोज १२ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'लेटर' एक साता पर धकेलिएको छ । खासगरी फिल्मको पब्लिसिटी कम हुने छाँटकाँट देखेर निर्माण युनिटले डेट सारेको बताईएको छ ।

सामाजिक संजाल फेसबुकको बिषयमा आधारित रहेर निर्माण गरिएको सस्पेन्स थ्रील फिल्म 'फेसबुक' लाई १३ बर्ष मुनिका बालबालिकाहरूले अभिभावक बिना फिल्म हेर्न नपाउने भएका छन् । शुक्रबार सेन्सर बोर्डले फिल्म हेरेपछि पिजी सर्टिफिकेट थमाउँदै केहि संवाद समेत काटेको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी गराए ।

