
हाल फुर्सदमा रहेकी नायिका नन्दिता केसी यहि मंगलबार कतार जाँदै छिन् । आफू अभिनित पछिल्लो फिल्म 'मालतीको भट्टी' रिलिज गर्न नन्दिता कतार जान लागेकी हुन् ।

असोज १२ गते देशभर एकसाथ रिलिजको तयारी गरेको फिल्म भिसा गर्ल युनिटले आईतवार नयाँ हल प्रोमो सार्वजनिक गरेको छ ।

स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले बिशुद्ध नेपाली पन बोकेको फिल्मको नाम कसैले दिएमा उसलाई १० हजार रूपैंया दिने बताएका छन् ।

कोही मेरो रिलिज पश्चात अभिनयबाट सन्यास घोषणा गरेकी अभिनेत्री झरना बज्राचार्यले नयाँ फिल्म साईन गरेकी छिन् ।

दुई महिना अघि देखि अमेरिका जाने तयारी गरिरहेकी अभिनेत्री करिश्मा मानन्धर भदौ २९ गते अमेरिका उड्ने निश्चित भएको छ । केही महिना अघि आफ्नी एक मात्र छोरी कवितालाई अमेरिका पठाएकी उनी छोरीकै कारण अमेरिका उड्न लागेकी हुन् ।

बृद्धाआश्रम आमा घर संचालन गरेर निकै प्रशंशा बटुलिरहेकी समाजसेवी दिलशोभा श्रेष्ठलाई फिल्म क्षेत्रबाट पनि सहयोग गर्ने हातहरु बढिरहेका छन् । यसै क्रममा केही दिन अघि फिल्म कोरियोग्राफीबाट सन्यास घोषणा गरेका कोरियोग्राफर गोविन्द राईले दिलशोभाको गुठीलाई २५ हजार रकम सहयोग गरेका छन् ।

