एक गीतको सुटिङ बाँकी राख्दै प्रोड्यूसर फिल्मको शनिबार ईन्डक्ल्याप गरिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको यो फिल्मलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् ।
फिल्मको प्रिमियर पार्टलाई कालोपुल स्थित हिरारत्न हल परिसरबाट ईन्डक्लाप गरिएको हो । जहाँ केही चर्चित फिल्मकर्मीहरु केमियो रोलका लागि उपस्थित थिए । 'कविराजको निर्देशनमा एउटा गीत अलि पछि सुट हुनेछ तर अन्य सवै काम आजबाट प्याकअप', सुटिङ्ग स्पटमा विजी रहेको अवस्थामा निर्देशक पराजुलीले भने । फिल्मको कथामा प्रोड्यूसर क्यारेक्टरलाई मुख्य पात्र बनाईएको छ । यध्यपी फिल्मका अन्य तीन क्यारेक्ट पनि प्रमुख रहेको निर्देशक पराजुलीले बताएका छन् ।
फिल्ममा प्रोड्यूसरको भूमिकामा बाबु बोगटी छन् भने फिल्म भित्रको फिल्मको हिरो भएर श्याम अर्याल र हिरोईन भएर स्वेता भट्टराईले अभिनय गरेकी छिन् । शनिबारबाट फ्रि भएका बाबु २३ गते देखि सुरज सुब्बाको निर्देशनमा फ्लोरमा जाने फिल्म वितेका पलमा अर्को डेढ महिना विजी रहने छन् । यसैगरी सो फिल्ममा तक्मे बुढोले परिचित विल्सन विक्रम राई प्रोडक्सन म्यानेजरको रुपमा फिल्ममा छन् ।
निर्देशकका अनुसार सवैभन्दा बढी नोटिस हुने क्यारेक्टर विल्सनको हो । वान लाईन एडिटिङ समेत सकिएको सो फिल्म सम्भवत नयाँ बर्ष २०७० को छेकोमा रिलिज हुने छ ।

