मंसिर ७ देखि १४ सम्म लमजुङ्गको घलेगाँउमा हुन लागेको चलचित्र निर्देशक समाजको वर्कसपमा महानायक राजेश हमालको पनि सहभागिता हुने भएको छ ।
निर्देशक समाजले दिएको जानकारी अनुसार मंसिर ५ भित्र महानायक अमेरिका भ्रमण सकाएर नेपाल फर्किएको खण्डमा वर्कसपमा उनको सहभागीता करिव निश्चित भएको हो । 'राजेश जी को नेपाल आउने समय यो दिन भनेर फाईनल भईसेकेको छैन यध्यपी पाँच गते भित्र आउनु भएको खण्डमा उहाँ अवश्य जानु हुन्छ ।' समाजका अध्यक्ष विमल पौडेलले जानकारी गराए ।
पौडेलका अनुसार डेढ महिना वर्क सप धकेलिएका कारण कार्यक्रमको रुपरेखा थप मजबुत र चौडा भएको छ । जसकारण स्थानिय जेसिसले वर्कसपको अघिल्लो दिन एक साँस्कृतिक कार्यक्रम आयोजना गरी लमजुङलाई कलाकारमय पनि बनाउन लागेको छ । दिएको जानकारी अनुसार लमजुङ्ग बेसी शहरमा मंसिर ६ गते एक भब्य सास्कृतिक कार्यक्रम आयोजना गरिने छ जहाँ हिरो जिवन लुईटेल हिरोईनहरु गरिमा पन्त, पुजना स्त्री हर्षिका श्रेष्ठ, अनु शाह सहित गायक दीपक लिम्बु हास्य कलाकार बिष्णु सापकोटा, विनोद श्रेष्ठ र दिनेश डिसीको विशेष प्रस्तुती रहने छ ।
यस्तै महानायक निर्धारित समय भित्र नेपाल आएको खण्डमा उनले बेसी शहरको सास्कृतिक कार्यक्रममा आफ्ना पुराना चर्चित डाईलगहरु पनि बोल्ने छन् । सात गते देखि हुने वर्कसपमा करिब ८० जना फिल्मकर्मीहरु सहभागी हुदैछन् ।

