Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीको पहिलो बर्थ डे मा अरुणिमाको खुशी

फिल्मीखबर, काठमाण्डौ, 2012/11/08

अरुणिमा लम्सालले भब्य कार्यक्रम गरी आफ्नो छोरी अक्षताको पहिलो बर्थडे मनाउने सोच बनाएकी थिईन् तर प्राविधिक कारण उनको  त्यो योजना पुरा हुन सकेन । कार्यक्रम भव्य रूपले नगरे पनि परिवारका विच सामान्य रूपले  उनले छोरीको बर्थ डे सेलिब्रेट गरिन् ।

 

 

'पास्नी जस्तै बर्थ डे पनि भव्य रूपले मनाउने योजना थियो तर पूरा हुन नसक्दा केहि नरमाईलो लागेको छ', अरूणिमाले भनिन्, 'अर्को बर्ष दुई पटककै बर्थ डे एकै पटक भव्य गर्नुपर्ला ।' फिल्मी माहोलबाट केहि टाढा रहेकी अरूणिमा अब नजिकिने योजनामा छिन् । 'अब त छोरी पनि हुर्किंदै छे त्यसैले फिल्मी दुनिंयामा अब बिस्तारै पुन: इन्ट्री हुनुपर्छ', अरूणिमाले भनिन्, 'छिट्टै नै दर्शकहरूले फिल्ममा देख्न पाउनु हुनेछ ।'