नेपाली चलचित्र उद्योग ओरालो लागिरहेको छ । राम्रा भनिएका चलचित्रहरु पनि गएको दशैंमा राम्ररी चलेनन् । अघिल्ला बर्षका दशैंहरुमा भने फिल्महरु राम्रै चल्ने गर्थे । दशैंमा लामो बिदा हुने भएकाले निर्माताको ध्यान जान्छ । त्यसैले पनि चलचित्रकर्मीले दशैंलाई कुरी हलहरुमा प्रदर्शन गरेपनि दर्शकले भने नरुचाउँदा चलचित्र क्षेत्र ओरालोतर्फ लागिरहेको छ ।
लाखौं रुपैयाँ खर्चेर चलचित्र निर्माण गरेपनि ढुक्कसंग लगानि उठन् सकेको छैन् । नेपाली चलचित्रहरु बजारमा राम्ररी नचलिरहेको अहिलेको अवस्थामा पाका तथा चलचित्रकर्मी तुलसी घिमिरेले तयार पारेको चलचित्र ‘दृष्टिकोण’ प्रदर्शनका लागि तयार भएको छ । यो बिचमा नेपाली चलचित्र किन चलेनन् ? के कमि भयो ? भन्ने लामो अनुसन्धान गरी तयार गरीएको ‘दृष्टिकोण’ नेपाली चलचित्र उद्योगमा सफल हुने निर्देशक घिमिरेले बताए ।
‘केहि समयदेखि नेपाली चलचित्र राम्ररी चलेका छैनन्, के को कमि भयो, किन दर्शकले रुचाएनन् भन्ने बारेमा लामो अनुसन्धान गरी तयार भएको छ’ घिमिरेले टेलिफोनमा भने–‘फिल्म राम्रो भएको छ, पक्कैपनि यसले नेपाली चलचित्र उद्योगलाई माथि उठाउन सहयोग पुग्ने मलाई विश्वास छ ।’ मुलधारभित्रै फरक कथालाई फरक तवरले प्रस्तुत गरीएको र अनुसन्धानपछि दर्शक चाहानालाई केन्द्रमा राखि तयार गरीएकाले चलचित्र सफल हुने घिमिरेले बताए । मान्छेले हेर्ने हरेक दृष्टिकोणका बारेमा फरक तवरले कथा प्रस्तुत गरीएको निर्माण पक्षको दाबी छ ।

नेपाली चलचित्र क्षेत्रको अप्ठारो अवस्थामा राम्रा फिल्म बनाएर सफल बनाएका घिमिरेद्धारा निर्देशित चलचित्र फागुन महिनामा प्रर्दशनमा आउने बताइएको छ । सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘दृष्टिकोण’मा जीवन जिउने आ–आफ्नै शैली र कला हुन्छ, आफ्नै गतिमा जिन्दगी बाँचिएको हुन्छ, समाज र त्यहि समाजमा बाँचिरहेका अनि त्यहि मान्छेले हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ । यीनै बिषयलाई फिल्ममा फरक तरिकाले उठाइएको र मनोरञ्जनपूर्ण भएकाले सफल हुनेमा निर्देशक घिमिरे विश्वस्त छन् । मञ्जुमिता फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण एल.लामा, ममता गजमेर र राजु धामीले गरेका हुन् ।
चलचित्र क्षेत्रमा धेरै नयाँ अनुहार ल्याएर स्थापित गराउन सफल घिमिरेले ‘दृष्टिकोण’मा पनि नयाँ अनुहारलाई अभिनय गराएका छन् । कुनाल, हिमानी, ममता गजमेर, भारती घिमिरे, मदन भुजेल, प्रतिमा, ललिता गोले लगायतका कलाकारको अभिनय रहेको चलचित्रको लेखक स्वयं घिमिरे रहेका छन् । ‘नयाँ भाई बैनीले धेरै राम्रो अभिनय गरेका छन्’ घिमिरेले भने–‘नेपाली चलचित्र क्षेत्रमा कुनाल र हिमानि आशालाग्दा कलाकार हुन ।’ चर्चित संगितकार बि.बि. अनुरागीको संगित रहेको सो चलचित्रिमा घिमिरे र युवा गितकार सुमन श्रापितले गित रचना गरेका छन् । साँगितिक रुपमा बलियो मानिएको सो चलचित्रका गितहरु यतिबेला मिडियामा राम्रै चर्चा पाएका छन् ।

