Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङमा `पद्ममिनी`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/08

पौष २७ गते देशभरका हलमा एकसाथ रिलिज गर्ने योजनाका साथ पोष्टप्रोडक्सनको कामलाई तिब्रता दिईएको फिल्म 'पद्ममिनी' को आज बिहिबारबाट डबिङको काम शुरू गरिएको छ ।

 

 

राजधानीको बिजी बि स्टुडियोमा अभिनेत्री सरिता गिरीले फिल्मको डबिङको शुरूवात गरिन् । फिल्मका निर्देशक राम प्यासी, निर्माता छिरिङ दोर्जे लामा, सहायक निर्देशक अनमोल शर्मा, द्धन्दनिर्देशक योगेन्द्र श्रेष्ठ, क्यामेराम्यान शिब ढकाल लगायतको उपस्थितीमा धुप बालेर डबिङको शुरूवात गरिएको हो । हरेक कामको शुरू गर्दा धुप बाल्ने चलन रहेकाले निर्माण युनिटले त्यसलाई निरन्तरता दिएको हो ।

 

 

बसन्त कुमार श्रेष्ठ र छिरीङ दोर्जे लामाको संयुक्त लगानीमा निर्माण गरिएको सो फिल्ममा सरिताको साथमा निशा अधिकारी, अनिल थापा र सुनिल दत्त पाण्डेको मुख्य अभिनय रहेको छ । फिल्मको कथा निर्माता छिरिङ र पटकथा तथा संवाद सहायक निर्देशक अनमोल शर्माले नै लेखेका हुन् । फिल्मको कथामा केहि रोचकता रहेको बताउँदै निर्माण युनिटले कथासारलाई सस्पेन्स नै राखेको छ ।