प्रोमो रिलिज पश्चात निकै चर्चामा आएको फिल्म धन्दाको प्रोमोश्नल गीत फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार सुगम पोखरेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।
फ्राइडे फिल्मसको ब्यानरमा गीतकार बाबुराम दाहालसँगको संयूक्त लगानीमा सुदर्शन थापाले निर्माणसँगै निर्देशन गरेको यो फिल्म पौष १३ गते रिलिज हुँदैछ । अर्पण थापा मुख्य भुमिकामा रहेको यो फिल्मलाई अहिले फिल्म उधोगले आशलाग्दो फिल्मको रूपमा हेरेको छ । यस्तै निर्देशक थापाले पनि यो फिल्मले आफ्नो करियरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सामाजिक कथामा आधारित धन्दामा अर्पणको साथमा समुना केसी, पुष्कर गुरूङ, दिलभुषण पाठक, शुभेच्छा थापा लगायतले अभिनय गरेका छन् । यो प्रोमोश्नल गीतमा सुगमको स्वर तथा संगीत रहेको छ भने शब्द गणेश शाहको रहेको छ । सुदर्शन थापा र निमेश श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई दीपक बज्राचार्यले खिचेका हुन् ।

