Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रङ चलेन भने सुमन के गर्लान् ?

फिल्मीखबर, काठमाण्डौ, 2012/12/13

हुन त यहाँ फिल्म नचल्नुमा कलाकारको दोष शत प्रतिशत हुन्न । दोष हो फिल्म आफैमा गुदी नहुनु र गुदी भएपनि नयाँ खाले प्रोमोश्नल कन्सेप्टमा प्रोडक्सन हाउस अघि नबढ्नु  । त्यस मध्येको प्रमुख कमजोरी चाहि डाईरेक्टरकै हुन आउछ ।


यध्यपी धेरै फिल्म रिलिज हुँदाको अवस्थामा पनि आर्टिष्ट हाईलाईट भएन भने चाहि यो बिषयमा एक पटक सोच्नै पर्ने हुन्छ र त्यस मध्येका एक आर्टिष्ट हुन सुमन सिंह । करिब ६० फिल्म खेलिसकेको अवस्थामा सुमन अपेक्षा अनुसारको सफल हिरो बन्न सकेका छैनन् । ब्यक्तिगत रुपमा सुमनको सुटिङ सेटमा देखाउने सहज बानीब्यहोरा, साथीहरुलाई दिने कम्पनी शैली र स्टारडम मेन्टनमा उनी कमजोर छैनन् तर रिलिज भईरहेका फिल्म मार्फत भने उनी असफल छन् जुन बिषयमा उनी आफै अचम्मित पनि छन् ।


यध्यपी उनले करिअरको टर्निङ पोईन्टको रुपमा हेरेका छन् रोशन हमालको डेब्यू फिल्म रङलाई । रङ आफ्नो र निर्देशक रोशनका लागि पनि टर्निङ पोईन्ट हुनुमा सुमनको विभिन्न तर्क छ । स्टोरी, प्रेजेन्टेशन शैलीमा आफ्नो अभिनयको बुट्टाले उनले रङलाई अहिले सम्म खेलेका मध्ये उत्कृष्ट फिल्म पनि भनेका छन् । 

 
यध्यपी आउदो फागुन ४ गतेका लागि देशब्यापी रिलिज डेट फिक्स भईसकेकाले यो फिल्मले सफलता पाएन भने सुमन के गर्लान भन्ने प्रश्न उठ्न सक्छ ?