Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दोहामा दर्शकसँगै बसेर रेखाले लंका हेर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/12/13

फिल्मीखबर डिजिटल फिल्म अवार्ड हात पारेकै दिन अर्थात् आईतवार बेलुका नायिका रेखा थापा सुटुक्क कतार उडिन् । अहिले उनी आफू अभिनित पछिल्लो रिलिज फिल्म लंकाको कतारको दोहामा प्रोमोशन गर्नमा व्यस्त छिन् ।

 

फिल्मका निर्देशक श्याम भट्टराईले फिल्मीखबरलाई दिएको जानकारी अनुसार भोली शुक्रबार बिहान ११ बजे र दिउँसो २ बजे दोहाको दोहा सिनेमा हलमा लंका देखाईंदै छ । फिल्मको उक्त बिशेष शोमा नायिका रेखा थापा दर्शकसँगै बसेर फिल्म हेर्ने छिन् । रेखा आँफै नै पब्लिसिटीमा खटिरहेको निर्देशक भट्टराईले बताए । फिल्म प्रदर्शनको आयोजना भने महेन्द्र खड्काले गरेका हुन् ।

 

मंसिर १ गते नेपालमा रिलिज भएर राम्रै व्यापार गरेको लंकामा रेखाको साथमा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईराला, ममता प्रधान, अनु गायक, आयुष्मा कार्की, सिताष्मा थापा लगायतले अभिनय गरेका छन् । चण्डिका फिल्म्सको व्यानरमा श्याम भट्टराईको साथमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटुले संयुक्त लगानी गरेको यो फिल्मले नेपालबाट नै लगानी रिकभर गरेको युनिटले बताएको छ ।