Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

भोली शुक्रबार चार फिल्म रिलिज हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/12/13

काठमाण्डौ उपत्यका बाहिर दुई अगाडी रिलिज भईसकेको फिल्म 'भूल भए माफ गर' भोली शुक्रबारबाट राजधानीमा हलमा क्यू सिस्टमबाट रिलिज हुँदैछ । यो फिल्मसँगै भोली नै देशभर साईना र कारवाही रिलिज हुनेछ भने मोफसलमा लभ यू म्यान रिलिज हुनेछ ।

 

अहिले राजधानीमा रिलिज भईरहेको फिल्म 'थ्री लभर्स' का निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेको 'भूल भए माफ गर' फिल्ममा निखिल उप्रेती, मेलिना मानन्धर, सुरज आरडी, सञ्जु परियार, गणेश उप्रेती, सुनीलदत्त पाण्डे लगायतका कलाकारहरूले अभिनय गरेका छन् । एनबी महर्जनको द्वन्द, हरी हुमागाईंको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको यो फिल्मलाई सुरज आरडीले निर्माण गरेका हुन् ।

 

सुरज प्रधानको निर्माण तथा समिर मियाँको निर्देशन रहेको फिल्म साईनामा प्रशान्त गिरी ,खुस्बु खड्‌का, सलोनी गुरुङ्ग, मदन श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यो हरर फिल्मलाई सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् । यस्तै नारायण मैनालीको प्रस्तुतीमा किशोर राना मगरले निर्देशन गरेको फिल्म कारवाहीमा राजेश हमाल, राज लामा, दिपा थापा, महिमा सिलवाल, विध्या कर्की, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

 

राजधानीमा दुई पुरुषबीचको प्रेमकथामा निर्माण भएको फिल्म लभ यू म्यानले राजधानीमा दर्शकको माया पाउन नसकेको दुई पुरुषबीचको प्रेमकथामा निर्माण भएको फिल्म लभ यू म्यान भोलीबाट मोफसलका हलमा रिलिज हुने बताईएको छ । फिल्ममा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारी लगायतले फिल्ममा अभिनय गरेका छन् । फिल्मलाई बिबी फुँयालले निर्देशन गरेका हुन् ।