
कहिले वृद्ध वृद्धालाई फलफुल वितरण गरेर त कहिले बालबालिकालाई कपडा वितरण गरेर अक्टुबर चारमा जन्म दिन मनाउदै आएका गायक तथा अभिनेता सिताराम पोखरेलले यस वर्षको जन्मदिन राजधानीबाट करिव पाँच सय किलोमिटर पश्चिममा पर्ने बाँकेको रझेना गाविसको शान्तिनगरमा बस्दै आएका केही टुहुरा बालबालिकासँग मनाए ।

एक महिना अघि नेपाल रिलिज भएकॊ संसार आफ्नैको पहिलो अबरोड शोको तयारी पुरा भएको छ ।

रिलिज मिती दुई महिना पछि हो तर श्री सूर्य विनायक मुभिजले पहिलो पल्ट निर्माण गरेको फिल्म तिमीले दिएको मायाको च्यारिटी शो सुरु गरिएको छ । सुनिता शर्मा र रेशु ढुङ्गानाको संयूक्त लगानीमा निर्मित उक्त फिल्मको बुधबार क्यूएफएक्स कुमारी हलमा च्यारिटी शो गरिएको थियो ।

विगत एक दशक देखि एक्वा हन्ड्रेड पानी पिउँदै आएका महानायक राजेश हमालको रोजाईमा अर्को कम्पनीको पानी परेको छ । भनेको समयमा आफ्नै ब्रान्डको पानी पिउन नपाउँदा कतिपय फिल्मको सुटिङ सेटमा ढिला पुग्ने उनी बुधबार विकास पाण्डेको गिती संग्रह 'क्यान वि' को विमोचन समारोहमा भने अर्को पानी पिउँदै थिए ।

पछिल्लो समय बिदेशी फिल्म मेकरहरू नेपाली फिल्म तर्फ आकर्षित हुँदै गईरहेका छन् । कोही निर्माताको रूपमा आएका छन् त कोही निर्देशक अनि कोही कलाकार तथा क्यामेरा म्यान । यहि क्रममा अष्ट्रेलियन नागरिक फिलिप जोनले नेपाली फिल्म 'सुपर गोर्खे' को निर्देशन गर्ने भएका छन् ।

बलिउडमा करियोग्राफीको अनुभव बटुलेका राम प्यासीले निर्देशन गरेको फिल्म 'पद्ममिनी' को अहिले राजधानीको बिजी बि स्टुडियोमा सम्पादन भईरहेको छ । पुष २७ गते रिलिज मिती तय गरिएको सो फिल्मको पोस्ट-प्रोडक्सन कार्यलाई निर्देशक प्यासी र सहायक निर्देशक अमूल शर्माले अगाडी बढाईरहेका छन् ।

