Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कपि राईट्सको बिषयमा ज्ञान लिदै फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2012/12/12

बौद्धिक सम्पत्ती चोरी प्रक्रियालाई  कसरी निराकारण गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर काठमाण्डूको अन्नपूर्ण होटलमा दुई दिने वर्कसप सुरु भएको छ । विश्व बौद्धिक सम्पत्ती संगठन (वी.पो.) संगको साझेदारीमा कपि राईट्स रजिस्टारको कार्यालय नेपालले आयोजना गरेको वर्कसपमा फिल्म बिधालाई फोकस गरिएको छ ।

 

दुई दिने वर्कसपको उद्घाटन बुधबार पर्यटन तथा संस्कृति मन्त्री पोष्टबहादुर बोगटीले गरे । उद्घाटन सत्रमा मन्त्री बोगटीले कपि राईटसलाई प्रभावकारी ढङगले लागु गर्न सरकारका लागि अत्याधिक चुनौती रहेको तर्क गरे । उनले समय सापेक्ष यो समस्यालाई सुधारका लागि सरकारले कदम चालिरहेको बताए ।

 

 

वर्कसपमा नेपालको तर्फबाट समिक्षक प्रदीप भट्टराई, गीतकार तथा निर्देशक यादव खरेल स्पिकरको रुपमा छन् भने अर्न्तराष्ट्रिय तर्फ कन्टेन्ट सेल्स डिष्ट्रीब्यूसन क्लिएटिएल ईन्टरटेन्मेन्ट हङकङकी भाईस प्रेसिडेन्ट वेन्डी रिड्स, कम्प्लियनस कन्सल्टिङ लस एन्जलसका प्रेसिडेन्ट रोब एफ्ट र कपि राईटस् ईन्फास्ट्रक्चर डिभिजन क्रिएटिभ ईन्डष्ट्रीज सेक्सनकी वीपोको काउन्सलर डोना हिल रहेकी छिन् ।

 


वर्कसपमा चलचित्र बिकास बोर्ड, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ तथा प्राविधि संघका प्रमुख ब्यत्तित्वहरु सहभागी छन् । बिहान ८ बजे देखि सुरु भएको वर्कसप साँझ ४ बजे सम्म चल्ने छ । यो वर्कसप निम्न लिखित शिर्षकमा केन्द्रित रहेको छ ।  

 

  • फिल्म ईन्डष्ट्रीमा कपिराईट्सको महत्व
  • फिल्म निर्माण देखि वितरण र प्रदर्शनसम्मको प्रक्रिया
  • नेपालको फिल्मको बजार
  • कपि राईटस् सम्बन्धी कानुन
  • बजेट र वितरणको बाताबरण
  • नेपाली फिल्म टेलिभिजन तथा  नयाँ संचार उद्योगको भबिष्य सहित फिल्म मार्केटको दृश्य