
टुका ईन्टरटेन्मेन्टले निर्माण गरेको पहिलो फिल्म मन्जरीको रिलिज डेट फिक्स भएको छ ।

कार्तिक ३ गते राजधानी बाहिर र १० गते राजधानी भित्र रिलिज हुन लागेको फिल्म 'धुँवा यो नशा' को गीत सार्वजनिक गरिएको छ ।

दुई दिने छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत आज पाँच वटा ठूला फिल्महरुको ट्रेलर रिलिज गरिएको छ । अन्डरग्राउन्ड टाकिजको आयोजनामा सुरु भएको उक्त महोत्सवको उद्घाटन सत्रमा पन्ध्र मिनेटको बाँसुल्ली फिल्मको प्रदर्शन संगै पाँच फिल्मको एक्सक्लुसिभ ट्रेलर रिलिज गरिएको हो ।

गत मंगलबार दश दिने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कलाकार संघको निर्वाचन मण्डलीले निर्वाचनमा उठ्ने सम्पूर्ण उम्मेदबारको नामावली सार्वजनिक गरेको छ ।

गत भाद्र २२ गते नेपालमा रिलिज भएको फिल्म 'फेसबुक' लाई अष्ट्रेलियाको सिड्नी शहरमा रिलिज गरिंदै छ । फिल्मको बिशेष रिलिजमा सहभागी हुन निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा शुक्रबार अष्ट्रेलिया पुगिसकेका छन् ।

दशैंको अवसर पारेर हाईटेक इन्टरटेन्मेण्टले आईतवारबाट फिल्म 'सायद' को डिभिडीलाई बजारमा ल्याउदै छ ।

