Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राष्ट्रिय चलचित्र संरक्षण मञ्चलाई शक्तिशाली बनाईने

फिल्मीखबर, काठमाण्डौ, 2012/12/20

फिल्म क्षेत्रमा उठ्ने प्रमुख मुद्धाहरुमा नेतृत्व बहन गर्ने क्षमता राख्दै राष्ट्रिय चलचित्र संरक्षण मञ्चलाई शक्तिशाली बनाईने  भईएको छ । अनसनको क्रममा जन्मिएको यो संस्थालाई दीर्घकालिन रुपमा शक्तिशाली बनाई अघि बढ्ने बिषयमा अनसन समाप्ती संगै निर्णय गरिएको हो ।

 

नीर शाहको नेतृत्वमा १६ सदस्य संख्यामा गठित यो संस्थामा छुटेका अन्य संघसंस्थाका प्रतिनिधिलाई अटाउने गरी शक्तिशाली संस्थाको रुपमा अगाडी बढाइने एक किसिमको सहमति भएको संयोजक शाहले जानकारी दिएका छन् । चार दिन सम्म चलेको अनसनलाई यहि संस्थाले सकारात्मक शैलीमा बार्ताद्धारा ल्याण्ड गराएको हो । जसकारण योमञ्चलाई शक्तिशाली सस्थाको रुपमा उभ्याईन लागिएको हो ।


शाहले भने, 'यो मञ्चलाई सधैको लागि सक्रिय भएर अगाडी बढाउने निर्णय पनि गरेका छौं त्यसैले अब देखि यसले महत्वपूर्ण बिषयमा आफ्नो आवाज उठाउने देखि लिएर हरेक गतिविधिमा नेतृत्वदायी भूमिका बहन गर्ने छ ।'