Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा खोलियो `कलिउड` को अडियो

फिल्मीखबर, काठमाण्डौ, 2012/12/21

आउँदो माघ ५ गते नेपालमा रिलिज गर्न लागिएको फिल्म 'कलिउड' को कतारमा अडियो विमोचन गरिएको छ । बिहिबार राति कतारको दोहा स्थित एक होटलमा थुप्रै नेपालीहरू माझ फिल्मका निर्देशक नवराज आचार्य, नायक बिष्णु कार्की, निर्माताद्धय नरेन्द्र सेन ठकुरी र विशाल श्रेष्ठले फिल्मको अडियो विमोचन गरेका हुन् ।

 

पत्रकार भेटघाट समेत भनिएको उक्त कार्यक्रममा आगामी जनवरी ११ तारिखका कतारमा फिल्मको ग्राण्ड प्रिमियर गर्न लागिएको जानकारी गराईयो । फिल्ममा तीन वटा गीत समावेश गरिएको छ जसको शब्द तथा संगीत प्रदीप बाँस्तोलाले तयार पारेका हुन् । फिल्मका गीतमा श्रेया सोताङ, सिवानी मोत्तान, इन्दिरा जोशी र प्रदीप बाँस्तोलाको स्वर रहेको छ ।

 

जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीको समेत लगानी रहेको यो फिल्ममा आर्यन सिक्देल, प्रियंका कार्की र पायल थापाको साथमा नायक कार्कीको मुख्य भुमिका रहेको छ । यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ ।