आजदेखि काठमाडौंको चावहिल, चुच्चेपाटीमा रहेको केएल टावरमा केएल सिनेमा सिटी अन्तर्गत ‘एफक्यूब’ फिल्म हल सञ्चालनमा आएको छ । यस फिल्म हलमा दर्शकहरुले अत्याधुनिक प्रविधिमा आधारित फिल्म हेर्न पाउने छन् । हलको बिहिबार क्यूएफएक्स हलका प्रमुख नकिम उद्धिनले उदघाटन गरे ।
केएल सिनेमा सिटी केएल टावरको ६, ७ र ८ औं तल्लामा रहेको छ, जहाँ दर्शकहरुले विभिन्न अत्याधुनिक प्रविधि र सुविधाहरुको अनुभव गर्न सक्नेछन् । ग्राहकहरुको रुचीलाई ध्यानमा राखेर यहाँ तत्काल २ वटा हल सञ्चालनमा ल्याइएको छ भने निकट भविष्यमा तेस्रो हल पनि सञ्चालनमा ल्याइने छ । हल मध्ये 'हल १' मा २०८ सिट क्षमता रहेको छ भने 'हल २' मा १९५ सिट छ । यस्तै निर्माण क्रममै रहेको 'हल ३' मा करिब ३५० सिट राखिने बताईको छ ।

भोली शुक्रबारबाट आम दर्शकका लागि हल खुल्ला रहने उदघाटन समारोहमा बताईयो । तर टिकट दर भने भोली नै तय गरिने हल व्यवस्थापन समितीले जनाएको छ । हलमा डल्बी थ्रि वेयर डिजिटल साउण्ड सिस्टम र अत्याधुनिक डिजिटल टुके प्रोजेक्टरको माध्यमबाट फिल्म देखाइनेछ । शहरिया वर्गलाई लक्षित गरी बनाइएको यस हलमा नेपाली हिन्दी र अंग्रेजी फिल्महरु देखाइनेछ । चावहिल क्षेत्रमा यो नै पहिलो सुविधा सम्पन्न हल हो ।
हाल राजधानीमा गुण, गोपी , अष्टनारायण र अत्याधुनिक तर्फ़ बिग मुभिज, क्यूएफएक्स अन्तर्गतको कुमारी र सेन्ट्रोल संचालनमा छन् ।

