
गत बर्षको ब्लकबस्टर फिल्म 'चपली हाईट' कि नायिका बिनिता बराल आजबाट २४ औं बसन्तमा पुगिन् । आज आफ्नो बर्थ डे भए पनि उनले सेलिब्रेटका लागि कुनै योजना बनाएकी छैनन् ।

प्रसंग हो पचास बर्ष पछीको नेपाल देखिने गरी सुटिङ भईरहेको फिल्म नोटबुकको जसको बजेट स्टोरीले निर्देशक निर्माताको पानी बाराबारको अवस्था सृजना भएको छ ।

मच्छिन्द्र क्लबको आयोजनामा सम्पन्न भएको प्रथम नेवाः फिल्म फेस्टिभल ने.सं. ११३२ को समापन भएको अवसरमा नेवाः जागरण संकिपा चलचित्र समितिले नेपाल भाषाको फिल्म क्षेत्रका विविध पक्षलाई लिएर एउटा अर्न्तक्रिया कार्यक्रम गरेको छ ।

२५ बर्ष फिल्म क्षेत्रमा बिताएर पनि नाच्न कमजोर मानिएका महानायक राजेश हमाललाई आईतवार करियोग्राफर शंकर बिसीले भने नचाए । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीतमा उदित नारायण झा र संजिवनीले स्वर दिएको फिल्म मेरो जीवन साथीको 'सररर बेग मारी बेनीको वस आयो..' बोलको गीतमा शंकरले राजेशलाई सजिलै नचाएका हुन् ।

मंसिर १४ गते हुने चौथो संस्करणको डिजिटल फिल्म अवार्डको सर्वोत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । २६ फिल्म सहभागी भएको यो अवार्डमा ३१ बिधा सहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस गरी जम्मा ३४ बिधामा अवार्ड प्रदान गरिने आईतबार एक कार्यक्रम गरी आयोजक छाँयाछवीले जनाएको छ ।

छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत हिजो शनिबार प्रिमियर गरिएको धन्दा फिल्मको ट्रेलरलाई अनलाइन रिलिज गरिएको छ ।

