Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टार मनिषाको आईटम गीत

फिल्मीखबर, काठमाण्डौ, 2012/12/21

जब म आउँछु, होस उडाउँछु
जोशमा ल्याउँछु, प्यास मेटाउँछु

 

माथिका हरफहरू नायिका मनिषाले बोलेकी  हुन् । मनिषा फिल्म उधोगकी चर्चित नायिका हुन् र उनले तन्नेरी देखि बुढाहरूलाई आकर्षित गरेकी छिन् । उनको चर्चा निकै चुलिएको छ । यो चुलिएको चर्चासँगै उनले के-के गर्छिन् र उनी चर्चित हुन के-के गरिन् ? यि सबैको जवाफ फिल्म स्टारले दिनेछ । यहि स्टार फिल्ममा मनिषा नाममा नायिका सुमिना घिमिरे प्रस्तुत भएकी छिन् ।

 

नेपाली फिल्म उधोगको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'स्टार' को प्रोमोश्नल गीत रिलिज गरिएको छ । रिलिज गीतमा मनिषा पात्र बनेकी सुमिना र नव कलाकार श्याम घिमिरेले आकर्षक डान्स गरेका छन् । कविराज गहतराजले नायिका घिमिरेलाई निकै हट बनाएका छन् । उक्त गीतलाई सर्वज्ञमान शाक्यले कम्पोज गरेका हुन् । यो सार्वजनिक गीतले नायिका घिमिरेको भुमिकालाई केहि हदसम्म प्रस्ट्याउने निर्देशक महेन्द्र बुढाथोकीको भनाई छ ।

 

फाल्गुन महिनाको अन्त्य तिर रिलिज गर्ने योजना बनाईएको फिल्म स्टारलाई निर्देशक बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण गरेका हुन् । फिल्ममा सुमिना र श्यामको साथमा निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती, रूपा खनाल लगायतले अभिनय गरेका छन् ।