Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

हमेशा फष्टलुक ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/12/23

चैत्र ३० देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको छविराज प्रोडक्सनको पहिलो फिल्म हमेशाको फष्टलुक ट्रेलर रिलिज गरिएको छ । 

 
सविर श्रेष्ठ निर्देशित यो फिल्मको ट्रेलर अनलाईन रिलिज संगै देशभरिका हलहरुमा पनि एक साथ पुगेको छ । प्रोमोशनको रफतारलाई अघि बढाउदै रेखा फिल्मसंगको जोईन्ट भेन्चर यो फिल्म कमर्सिल फिल्महरुको लिष्टमा अग्रपङिक्तमा पर्ने निश्चित छ जुन निश्चित हुनुको कारण एक मात्र ब्यक्ति हुन् छवि ओझा । रेखा, छवि र सविरको यो प्रयास दोस्रो पटक हो ।
 
 
रेखाका विभिन्न विशिष्ट ईन्टरभ्यूलाई पल्टाएर हेर्ने हो भने उनको फिल्मी करिअरको सर्वाधिक उच्चकोटीको फिल्म मध्येको एक हो सविरले निर्देशन गरेको कस्ले चोर्यो मेरो मन । जुन फिल्मले विभिन्न अवार्ड समारोहमा आफ्नो बर्चश्व कायम गरेको थियो । 
 
टाईगर प्रोड्यूसर छविको हकमा धेरैले भन्ने गर्छन्, 'उ ब्यक्तिगत रुपमा जति उदार हुनु पर्ने हो त्यो देखिदैन तर फिल्म मेकिङमा चाहि उसको कम्रमाईज हुदैन ।' त्यसैले पनि नेपाली दर्शकले कस्तो फिल्म खोजिरहेका छन् र कस्तो रुचाईरहेका छन् भन्ने बिषयमा पूर्ण जानकार छविले  हमेशालाई आफ्नो फिल्म मेकिङ करिअरको अर्को उत्कृष्ट फिल्म भनि दाबी गरेका छन् । फिल्ममा रेखाका सहित सविन श्रेष्ठ र नरेन खड्का लिड रोलमा छन् ।