Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोचे जस्तो भएन कलाकार संघको पिकनिक (फोटो फिचर सहित)

अनुप भट्टराई, काठमाण्डौ, 2012/12/22

यो पौषको जाडोलाई एक छिन् भए पनि विर्सन जति उत्साह र उमङ्गका साथ कलाकारहरु पिकनिक मनाउन  पुगेका थिए त्यो उत्साह भने ललितपुर गोदावरी पार्क पुग्नासथ सवै कलाकारको मुहारबाट उडेको देखिन्थ्यो ।

 
पब्लिक फेसका आधारमा चर्चित कलाकारहरुको लिष्ट केलाउने भने यो पिकनिकमा त्यो संख्या निकै कम रह्यो यध्यपी पर्दा पछाडी र अगाडीका जति चर्चित अनुहारहरु सो कार्यक्रममा थिए । उनीहरु मध्ये अधिकांशको पिकनिकका लागि निकालिएको समय उपलब्धी पूर्ण र रमाईलोमा परिणत हुन सकेन । 
 
सहभागी २ सय फ़िल्मकर्मी मध्ये निर्देशक आकाश अधिकारीको भनाईलाई यहाँ उद्रित गर्ने हो भने, 'एक त पब्लिक होलिडेको दिन त्यस माथि सहजताका साथ पब्लिक पिकनिक ग्रपुहरुको भिडमा मनाईएको यो पिकनिक सेलिब्रेटी र पब्लिकको पिकनिक विच कुनै फरक देखिएन तसर्थ यो पिकनिकको डिजाईन नै गलत थियो ।' 
 
पिकनिक कार्यक्रमका अन्य कार्यक्रममा जे जस्ता कमि कमजोरी थिए ति सवैलाई विर्सने हो भने एक मात्र सर्वाधिक कमेन्ट पब्लिक पर्सन भएपछि पब्लिकसंग बसेर पिकनिक मनाउनु नै सेलिब्रेटी भ्यालु सहज रुपमा घटाउनु हो जसकारण यस पटक आयोजना गरिएको कलाकार संघको पिकनिक पूर्ण रुपमा असफल भएको स्वत प्रष्टीन्छ । 
 
पिकनिकमा मयुर डान्स देखि लिएर ह्यान्ड म्याजिक गेम सहित अन्य रमाईलोका कार्यक्रम गरिएका थिए जसकारण अन्य पिकनिक ग्रुपका क्राउडको ध्यान समेत कलाकार संघको पिकनिक तर्फ भईदिदा अटोग्राफ लिने र फोटो खिचाउनेहरुको भीड थेगि नसक्नु भईदिदा कलाकारहरुले चाहेर पनि रमाईलो गर्न पाएनन् ।  
 
जुन बिषयमा दीपकराज गिरीले पिकनिक माहोलमा फिल्मीखबरसंग कुरा गर्दै भने, 'यहि अटोग्राफ र पब्लिक भिडबाट आज एक दिन टाढा बसेर रमाईलो गर्ने सोच थियो तर आयोजकहरुको लापरबाहीका कारण आजको  पिकनिक सार्वजनिक स्थलमा गरिएको साँस्कृतिक कार्यक्रम जस्तो भयो ।'