Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो लुक्समा कस्तो देखिए आर्यन ?

फिल्मीखबर, काठमाण्डौ, 2012/12/23

उस्तै गेटअप र लुक्समा देखिने आर्यन सिग्देल शनिबार भने भिन्न भएर देखा परे । गोदावारी पार्कमा पुग्दा आर्यनलाई क्राउडले यति घेर्यो कि उनले पिकनिकको रमाईलो बातावरणलाई महसुस नै गर्न पाएनन् ।


पब्लिकसंगको समदुरीमा आयोजना गरिएको कलाकार संघको पिकनिकमा आर्यन सर्वाधिक आकर्षणको केन्द्र बनेका थिए । त्यसमाथि पनि उनको नयाँ लुक्सको प्रशंशा गर्ने धेरै थिए । भला उनले यो लुक्स फिल्मको पर्दामा प्रयोग गरेका छैनन् । बाक्लो जुँगामा देखिदा एउटा परिपक्क अनुहार उनीमा झल्किन्थ्यो । पिकनिक स्पटमा जुगाँको नयाँ गेटपमा उनको स्टारडमको ब्याख्या पनि मिडियाले भिन्न ढङगले गर्न भ्याएको थियो ।

 

 

आर्यन यो समय दुई नयाँ फिल्म खेल्ने तयारीमा छन् तर ती दुवै नयाँ फिल्मका लागि यो लुक्स नभएको उनले फिल्मीखबरसंगको कुराकानीमा भने । उनले भने, 'साईन गरेको दुई वटा फिल्मको लागि चाहि हैन तर धुवाँ यो नशाको टिमले बनाउने अर्को फिल्ममा चाहि सायद हुन सक्छ ।  फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनि  यस किसिमको लुक्समा  पहिलो पटक देखिएका हुन् ।