
निर्वाचन सकिएको पर्सी पल्ट बसेको कार्यसमिति बैठकको निर्णयसंगै नवल र लयको दुरी बढेको छ ।

हुन त यहाँ स्टाईलिश टाईटल बनाईएका फिल्मको पनि बिजनेस राम्रो हुन सकेको छैन तर यस अघि धेरै पटक सुनि सकिएको पुरानो ढर्राको टाईटल तय गर्दै निर्देशक शोभित बस्नेतले नयाँ फिल्मको शुभसाईत गरेका छन् ।

निकै कम बोल्ने स्वाभावका सौगातका न चाकडी गर्न आउँछ न बोलेर आफूलाई बिकाउन । लुट चल्नु पूर्व उनी नचल्नुको एक कारण बोल्न नसक्नु पनि हो तर अहिले उनलाई बोलिरहन जरूरी पनि छैन । उनको पिठो नबोले पनि बिकिरहेको छ ।

२०४१ साल स्थापनाको पहिलो बर्ष नै अभियान श्री पुरस्कार पाएकी पहिलो अभिनेत्री भुवन चन्दलाई उक्त संस्थाले पुन: सम्मान गरेको छ । २९ औँ बार्षिकोत्सवको अवसरमा भुवन सहित उनको सहकर्मी विमला श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको छ ।

बालकृष्ण समको पहिलो एकाङ्की नाटकमा आधारित फिल्म 'बोक्सी' को च्यारिटी आज बिहिबार वेलुकी ६ वजे नेपालगंजको वागेश्वरी चलचित्र भवनमा हुने भएको छ ।

निर्वाचन प्रक्रियाबाट सदस्य पदमा निर्विरोध चयन भएका रामशरण पाठकले राजिनामा दिएपछि चलचित्र निर्देशक समाजले रिक्त रहेको सो स्थानमा दिनेश डिसीलाई नियुक्त गरेको छ ।

