भ्यालेन्टाईनको अवसर पारेर अर्न्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजनाका साथ अगाडी बढेको फिल्म प्रोडक्सन कम्पनी सफ्ट ईमेजले आफ्नो फिल्म 'मेरो भ्यालेन्टाईन' को फस्टलुक अर्न्तगत प्रोमोश्नल गीतको प्रोमो रिलिज गरेको छ ।
निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह तथा सुस्मिता ढकालको मुख्य अभिनय रहेको उक्त फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । एक दशक यता संचालनमा रहेको पोष्ट-प्रोडक्सन कम्पनी सफ्ट ईमेज कम्पनीद्धारा पहिलो पटक निर्मित उक्त फिल्मका प्रस्तुतकर्ता सुशिल श्रेष्ठ हुन् । फिल्म पूर्णरूपमा लभस्टोरीमा आधारित रहेको बताईएको छ ।
सुगम पोखरेलको संगीत रहेको फिल्ममा शम्भु सापकोटाको छायाँकन, बनिश शाहको सम्पादन, सुगम पोखरेल र राजन तिमल्सिनाको गीत तथा सुगम पोखरेल, अनिल सिंह, प्राश्ना शाक्य र श्रेया सोताङको स्वर रहेको छ । प्रस्तुत सार्वजनिक प्रोमोश्नल गीतका निर्देशक नरेन लिम्बु हुन् ।

