Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्र छोड्ने मनस्थितीमा निर शाह

फिल्मीखबर, काठमाण्डौ, 2013/01/03

लामो समय देखि अनवरत रूपमा फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका बरिष्ठ फिल्मकर्मी निर शाह भने अहिलेको यो ग्रसित अवस्थाबाट आफू निकै फ्रस्टेड भएको भन्दै फिल्म क्षेत्र नै छोड्ने मनस्थिती बनाएका छन् ।

 

फिल्म क्षेत्रमा निकै खुसी भएर प्रवेश गरेको बताउँदै शाहले अहिलेको वर्तमान फिल्म क्षेत्रको नकारात्मकताको प्राकाष्टाले आफूलाई फ्रस्टेड बनाएको बताउँदै निकै दु:खका साथ फिल्म उधोग छोड्न पर्ने बाध्यता बनाएको बताए । फिल्मीखबरसँग भावुक हुँदै शाहले भने, 'यतिका बर्षसम्म फिल्ममा काम गरें तर अहिलेको जस्तो नाजुक अवस्था कहिल्लै देखिन । अब त काम गर्ने मुड नै हराई सक्यो ।'

 

लगातार रूपमा फिल्म असफल हुनु, घिन लाग्दो राजनितीले फिल्म उधोग पिल्सिनु जस्ता बिबिध समस्याले जेलिएको यो उधोग संकटमा रहेको बेला शाह जस्तो व्यक्तिले यो उधोग नै छोड्नु पक्कै राम्रो हैन । उनी भन्छन्, 'यो मेरो रहर हैन बाध्यता हो ।' तथापी राम्रो काम गर्ने वातावरणको सिर्जना भएको खण्डमा आफूले फिल्मको मुहार फेर्न सहयोग गर्न पछाडी नहट्ने शाहको भनाई छ ।

 

नेपाली फिल्म उधोगको हकहितका लागि भनेर केहि दिन अगाडी खडा गरिएको राष्ट्रिय चलचित्र संरक्षण मञ्चका संयोजक समेत रहेका शाहलाई धेरैले बोर्ड अध्यक्ष बताउने तयारी पनि गरेका छन् । तर यो परिस्थितीमा शाह खुलेरै अध्यक्ष बनिहाल्ने मुडमा छैनन् । तै पनि, उनले कुनै बेला ७ महिनाका लागि बोर्डको अध्यक्ष भएर पूरा गर्न नसकेको काम १७ महिना भित्रमा गरेर देखाउने बताए । उनले भने, 'दुई बर्षे कार्यकालमा ७ महिनामा नै म निस्कनु पर्यो । अब बाँकी रहेको १७ महिनामा काम गर्ने अवसर जुटे केहि नयाँ परिवर्तन ल्याउन मेरो पूर्ण साथ रहने छ ।'