Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20455 - 20460 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-09-08, शनिवार

सुरज सुब्बा नाल्बो अहिले उद्योगमा एउटा राम्रो तौल बनाएका निर्देशकले परिचित छन् । बाटो मुनिको फुल निर्देशन यता उनले आफ्नो उचाईलाई निकै बढाए जुन उचाई सायद रिलिज पछि थप बढ्यो । यस्तै उनले निर्देशन गरेको अर्को फिल्म फेसबुक हिजो शुक्रबार देखि रिलिज भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-08, शनिवार

शुक्रबार साँझ सिटी सेन्टर स्थित विगत सिनेमामा फ्यामेली  शो आयोजना गरेको गरेको फेसबुक युनिटले फिल्मकर्मीबाट तारिफ पाएको छ । दर्शकसंगै फेसबुक युनिटका साथ फिल्म हेर्न पुगेका केही फिल्ममेकरहरुसंग फिल्मीखबरले १० मा कति नम्बर दिनुहुन्छ भनी सोधेको थियो जसमा अधिकाशले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-07, शुक्रवार

हुंकार राम्रै सुनिएको छ तर यसको मेकिङ कतिको स्तरिय हुने हो त्यो भोलिको कुरा तर निर्देशक दयाराम दाहालले चार सय बीस अर्थात समाजका केही ठगहरूलाई कसरी ठीक पार्न सकिन्छ भन्ने तर्क सहित नयाँ फिल्म निर्माणमा हात हालेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-07, शुक्रवार

सञ्चारमाध्यममा जानकारी नदिई फिल्म 'सरी ल' को सुटिङ शुरू गरिएको छ । आज शुक्रबार बुढानिलकण्ठ मन्दिरमा पुजाआज गरी मुहुर्त गरिएको सो फिल्मको सुटिङ आजैबाट शुरू गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-07, शुक्रवार

आजबाट देशभर प्रदर्शनमा आएको फिल्म 'फेसबुक' को राजधानीको सिटी सेन्टरमा अवस्थित बिग सिनेमामा फ्यामिली शो गरियो । फिल्मका कलाकार तथा प्राबिधिकको साथमा माओवादी नेत्री पम्फा भुषाल सहित केहि बिशिष्ट व्यक्ति र फिल्म युनिटका परिवार सदस्यहरूको उपस्थिती थियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-07, शुक्रवार

उनलाई फिल्मी अभिनयको सौख पनि थियो तर टेलिफिल्मको ब्यस्तताले उनले चाहेर पनि फिल्मका लागि समय निकाल्न सकेकनन् । यध्यपी उनले ब्यस्तताको बाबजुत अठार बर्षपछि फ्रि हुने मौका पाए अनि खेले बडीगार्ड ।

Results : 20455 - 20460 of 23724
Most Visited News (monthly)