Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

हलबाट उत्रेन `अध्याय`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/18

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'अध्याय'ले दोस्रो साताको यात्रा तय गरेको छ । ओपनिङ कलेक्सन सोचे अनुरूपको गर्न नसके पनि दोस्रो सातामा आईपुग्दा फिल्मले व्यवसायिक पिकअप लिएको निर्माण युनिटले जानकारी गरायो । माउथ पब्लिसिटीले फिल्मले पिकअप लिएको निर्माण युनिटको भनाई छ ।
 

 

केहि नयाँ प्रस्तुती, नेपाली नाम र नेपाली परिवेश कै कथा भएको फिल्महरुले पछिल्लो समय दर्शकहरुको मन जितिरहेको अवस्थामा अध्यायले पनि दर्शकको मन जित्नु खुसीको कुरा हो । फिल्मले युवावर्ग लक्षित गरेकाले हलमा दर्शकहरू पनि युवाहरू नै बढि रहेको हल सञ्चालक बताउँछन् । एउटै परिवेशमा बस्ने तीन जना फरक स्वभावका युवाहरुले गर्ने गतिविधिबाट एक अर्कालाई कसरी प्रभाव पर्छ र त्यो प्रभावले उनीहरुको लभस्टोरीमा कसरी ट्विस्ट ल्याउँछ भन्ने थिममा रहेर कथालाई प्रस्तुत गरिएको अध्यायलाई प्रबिन स्याङ्बोले निर्देशन गरेका हुन् ।

 

कर्म, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, स्वस्तिका राजभण्डारी, शान्ती गिरी लगायतले अभिनय गरेको यो फिल्मलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको लागत ७५ लाख रूपैंया रहेको बताईएको छ । यो फिल्म क्यूएफएक्स सेन्ट्रल, कुमारी, बिग मुभिज, एफक्यूब, गोपी, गुण लगायतका मल्टिप्लेक्स सहित देशभरका थुप्रै हलमा प्रदर्शनरत छ ।