Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ २६ गते `तिम्रो लागि`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/19

प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'तिम्रो लागि' यहि माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निकै समय अगाडी निर्माण गरिएको यो फिल्मलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

 

अरूण फिल्म्सको व्यानरमा अरूण खड्काले निर्माण गरेको यो फिल्ममा सुमन सिंह, सुमिना घिमिरे र कुशल थापाको मुख्य भुमिका रहेको छ । फिल्मले यि तीन कलाकारको त्रिकोणात्मक प्रेमकथालाई बुनेको छ । यस्तै फिल्ममा दिव्यश्वर गौतम, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेलको पनि अभिनय हेर्न सकिनेछ ।
 

निर्देशक घिमिरेकै कथा रहेको यो फिल्ममा सन्तोष प्रगाढको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, देबेन्द्र हुरहुरको छायाँकन, बब्बु थापाको नृत्यनिर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।