Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारी संयन्त्रको चरम दुरुपयोग, सेन्सर गर्न १० बर्षे बालक पनि

फिल्मीखबर, काठमाण्डौ, 2013/01/19

सार्वजनिक विदाको दिन एकाबिहानै सेन्सर बोर्डका केही सदस्यहरु कमलपोखरी स्थित कुमारी हल पुगेका थिए जहाँ सेन्सर बोर्डकी एक कर्मचारी उषा लोहनी आफ्नो दश बर्षे छोराको साथ फिल्म काँटछाँट गर्न उपस्थित भएकी थिईन् जुन बिषयमा संयूक्त आन्दोलन संघर्ष समितिले कडा आपत्ती जनाएको छ ।


एकातर्फ आन्दोलन चलिरहेका बेला सरकारी कामकाजमा करिब ठप्प बनाएको स्थितीमा सेन्सर बोर्डका कर्मचारीहरु फिल्मको सेन्सर गर्न उपस्थित हुनुलाई सरकारी संयन्त्रको चरम दुरुपयोग भनी फिल्मकर्मीको आरोप छ । त्यसमाथि दश बर्षे बालकलाई पनि सेन्सर समयमा उपस्थित गराईनु हेलचेक्राईको पराकाष्ठा भनिएको छ । 'शनिबारको दिन सरकारी स्टाम र लेटरप्याड बोकेर उहाँहरु फिल्मको सेन्सर गर्न पुग्नु भएको रहेछ । यो सरकारी संयन्त्रको चरम दुरुपयोग भएकाले हामीले यो कदमलाई रोकेका छौ', आन्दोलनका एक नाईके सुरेश दर्पण पोखरेलले बताए । सुरेशले भने, 'सधै चलचित्र संघको हलमा हुने सेन्सर आज कुमारीमा हलमा गरिन लागिएको थियो जुन बिषयमा हस्तक्षेप गर्न हामी सफल भयौ ।'


यता हिजो गठन गरिएको संयूक्त आन्दोलन संघर्ष समितिका संयोजक राजकुमार राईले दश बर्षे बालकलाई सेन्सर समयमा उपस्थित गराईएको प्रति कडा आपत्ती जनाएका छन् । 'एक त विदाको दिन त्यसमाथि पनि बालबालिकालाई सेन्सर समयमा प्रवेश कत्तिको जायज तपाई आफै भन्नुस ?', उनले भनेका छन् । राईले शनिबारको दिन सेन्सर भएको यस अघि आफ्नो हकमा थाहा नभएको भन्दै सेन्सर बोर्ड कर्मचारी प्रति कडा आक्रोश पोखेका  छन् ।


यस्तै सुरेश दर्पणका अनुसार सेन्सर बोर्ड अध्यक्ष नारायणप्रसाद सञ्जेललाई आन्दोलन चलिरहेका बेला फिल्मको सेन्सर नगर्न लिखित पत्र बुझाएपछि कुमारी हलमा हुदै गरेको ज्याकी च्यानको फिल्म 'चाइनिज जोडायक' को सेन्सर रोकिएको छ । नौ बुँदे माग कार्यान्वयन गर्नुपर्ने आवाज उठाउदै आन्दोलनमा रहेका फिल्मकर्मीले क्रमश फिल्म क्षेत्रका सम्पूर्ण गतिविधि ठप्प पार्ने चेतावनी दिदै सरकारलाई घुडा टेकाउने कसरत गरिरहेका छन् ।


कति सम्म गरिरहेको छ सेन्सर बोर्डले ?


सेन्सर बोर्डमा विज्ञ फिल्मकर्मी नियुक्त नहुँदा फिल्मको काँटछाँटमा मनपरी भईरहेका छन् । पछिल्लो हप्ता रिलिज भएको अध्यायमा काटिदिन्छु भन्ने सामान्य शब्दमा पनि सेन्सरले विप हानिदिएको छ । यस्तै हिजोबाट रिलिज भएको कलिउडमा पनि सेन्सरका सदस्यहरुले मनपरी विप हानेको देखिएको छ । कलिउडको एक सिनमा कुकुर्नी भन्ने डाईलगमा पनि सेन्सरले विप हानेको छ । जुन बिषयमा निर्देशक नवराज आचार्यले सेन्सर बोर्डको उक्त कदमलाई   निरंकुशताको पराकाष्ठा भनेका छन् ।


यी बाहेक चाहिने नचाहिने ठाँउमा सेन्सरले अत्याधिक कैची चलाउदा सेन्सर बोर्डले आफ्नै उपहास गरिरहेको फिल्म हेरे पश्चात स्वत: प्रष्टीरहेएका छन् । सेन्सरले विदेशी फिल्मको हकमा भने कडाई गरेको देखिएको छैन, तसर्थ विदेशी फिल्म सेन्सर बिषयमा कर्मचारीहरुको नियत प्रति प्रश्न उठाउने ठाँउ छोडिदिएको छ ।