नेपाली फिल्म क्षेत्रको केहि गलत प्रवृतिलाई उजारग गर्न खोजेको फिल्म कलिउडले कोही कसैलाई गलत आक्षेप लगाउन नखोजेको निर्देशक नवराज आचार्यले बताएका छन् । कलिउडका पात्रहरू काल्पनिक रहेको भन्दै उनले कोही कसैले पनि गलत अर्थ नलगाउन आग्रह गरे ।
'फिल्म भित्रको काल्पनिक पात्रलाई केहि फिल्मकर्मीले गलत अर्थ नलाउनु भएको रहेछ । हाम्रो उद्देश्य कसैलाई गलत सोच्नु हैन', फिल्मीखबर समझ कुरा गर्दै नवराजले भने- 'हामीले काल्पनिक पात्र खडा गरेर फिल्म उधोग भित्रको नकारात्मक पक्षलाई व्यङ्ग्य गर्न मात्र खोजेका हौँ । यहि कसैलाई असर परेको भए म माफी माग्न चाह्न्छु ।' उनले फिल्म मनोरञ्जनको लागि बनाएकोले मनोरञ्जनकै लागि लिन उनले आग्रह गरे ।
निर्देशक आचार्यले आफ्नो फिल्मको टिकाटिप्पणी भए पनि दर्शकले रूचाएको दाबी गरे । शुक्रबार सन्तोषजनक व्यापार गरेको बताउँदै उनले भने, 'शनिबार सोचे भन्दा राम्रो व्यापार गरेको छ फिल्मले ।' उनले राजधानीका केहि हलमा त पछिल्लो समय रिलिज भएका फिल्मको भन्दा राम्रो व्यापार गरेको दाबी गरे । यता निर्माता टंक बहादुर कार्कीले पनि दर्शकले फिल्मलाई रूचाईदिएकोमा खुसी व्यक्त गरे ।
शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा आर्यन सिग्देल फिल्म भित्रको सुपरस्टारको भुमिकामा छन् भने प्रियंका कार्कीले नवनायिकाको प्रतिनिधित्व गर्दै फिल्ममा आउन गरेको संघर्ष र त्यागलाई आकर्षक ढंगले निर्वाह गरेकी छिन् । यस्तै नवनायक बिष्णु कार्कीले पत्रकारिताको प्रतिनिधि पात्रको भुमिका निर्वाह गरेका छन् भने नवनायिका पायल थापाले पनि फिल्म भित्रको नायिकाको भुमिका निर्वाह गरेकी छिन् । यि चार पात्रले निर्वाह गरेको चरित्रले फिल्म उधोगलाई व्यङ्ग्य गरेको छ ।

