आज शुक्रबारबाट देशभरका हलमा फिल्म पदमिनी सोलो रिलिज भएको छ । केहि दिन अगाडीको फिल्मकर्मीको आन्दोलनका कारण फिल्म रिलिजको अन्यौलमा रहेको यो फिल्मले अन्तत: आफ्नै मितीमा सिङ्गल रिलिजको मौका पाएको हो ।
श्री गणेश फिल्म्सको व्यानरमा बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेको यो फिल्मलाई राम प्यासीले निर्देशन गरेका हुन् । फिल्ममा निशा अधिकारी शिर्ष भुमिकामा छिन् । निशाका अलावा फिल्ममा अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहेको छ । फिल्म हिस्टेरिया रोगीको कथामा आधारित छ ।
निर्माता छिरिङ दोर्जे लामाको कथा तथा सहायक निर्देशक अनमोल शर्माको पटकथा तथा संवाद रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत, योगेन्द्र श्रेष्ठको द्धन्द तथा शिब ढकालको छायाँकन रहेको छ । फिल्मको आज साँझ चावहिलको केएल टावरमा अवस्थित एफक्यूब हलमा बिशेष शोको आयोजना गरिएको छ । उक्त शोमा फिल्म निर्माण युनिटको साथमा फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थित हुने बताईएको छ ।

