Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिरालोले छाउरो सारे जस्तै सारिंदैछ `समय`

फिल्मीखबर, काठमाण्डौ, 2013/02/09

बिरालोले छाउरो सारे जस्तै फिल्म समयमा निर्माताले रिलिज डेट पोष्टपोण्ड गरेको गर्‍यै छन् । यसअघि मंसिर २२ बाट माघ १९, माघ २६ र फाल्गुन ४ गते रिलिज डेट तोकिएको फिल्म समयलाई अहिले फेरि फाल्गुन १८ का लागि पोस्टपोण्ड गरिएको छ ।

 

'किन पोस्टपोण्ड गरियो भन्ने बारेमा मलाई प्रश्न नै नगर्नुस् किनकी यो बिषयले मेरो टाउको दुखिसकेको छ', निर्माता मौसमी मल्लले भनिन्- 'बारम्बार रिलिज पोस्टपोण्ड हुँदा मेरो खर्च बढेर पागल बनाएको छ ।' अरू साथीभाईको समस्या बुझ्दाबुझ्दै आफै समस्यामा परेको मौसमीको भनाई छ । फाल्गुन ४ गते रङ र मैना रिलिज हुने भएकाले एकै समयमा तीन फिल्म नजुधाउन १८मा सारिएको उनको भनाई छ ।

 

अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म 'समय'लाई दयाराम दाहालले निर्देशन गरेका हुन् । दुई जेनेरेशनको कथा बोकेको यो फिल्ममा राजेश हमाल, मौसमी मल्लको साथमा नयाँ प्रस्तुतीको रूपमा विक्की मल्ल र सुरभी बिष्टले अभिनय गरेका छन् । लक्ष्मण शेषको संगीत समावेश फिल्मलाई दुई पुस्ताको रोचक कथा भनिएको छ । विष्णु कल्पितको छायाँकन तथा रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको यो फिल्ममा गोबिन्द राईको नृत्यनिर्देशन रहेको छ ।