Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लौ हेर्नुस् हमेशाका गीत र प्रोमो

फिल्मीखबर, काठमाण्डौ, 2013/02/08

फिल्म निर्माणमा निकै खारिएका निर्माता छबिराज ओझाको पछिल्लो फिल्म 'हमेशा' रिलिजको क्रममा रहेको छ । अधिकांश हिट फिल्म निर्माण गरेका ओझाको यो फिल्म यहि चैत्र ३० गते सार्वजनिक हुँदैछ ।


रेखा फिल्मको व्यानरबाट नै डेब्यू गरेका सबिर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ र नरेन खड्काको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । यि तीनको प्रेमकथा सुवास सिंह बस्न्यातले लेखेका हुन् । छबिराज प्रोडक्सनको साथमा रेखा फिल्म्स र गुण सिनेमाको व्यानरमा छबिराज ओझाको साथमा दिजेन्द्र शाक्यले निर्माण गरेको यो फिल्मको प्रस्तुतकर्ता भने नायिका थापा नै हुन् ।

 

केहि समयको पारिवारिक झमेला पश्चात एक हुँदै रेखा फिल्मससँगको सहकार्यमा छबिराजले फिल्म निर्माण गरेका हुन् । उनले आफ्ना दर्शकका लागि उपयुक्त फिल्म बनाएको बताएका छन् । प्रोमोशनको रफतारलाई अघि बढाउदै आएका छबिले भने, 'जसरी यसअघिका मेरा फिल्म सफल थिए त्यसैगरी यो पनि सफल हुने विश्वास छ ।' यता निर्देशक सबिर पनि निकै मेहनत गरेर फिल्म बनाएकाले दर्शकले रूचाउने बताए ।

 

रेखा पौडेलको संगीत रहेको यो फिल्मलाई मदन घिमिरे 'काश्यप' ले खिचेका हुन् भने सम्पादन राजु ढुंगानाले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा चन्द्र पन्तको द्धन्दनिर्देशन, किरण तुलाधरको पार्श्व संगीत तथा मनोरञ्जन श्रेष्ठको करल करेक्सन रहेको छ ।