
नक्कली उपनामले परिचित बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई सुर-पदमा सम्मान एवं पुरस्कार २०६९ प्रदान गरिएको छ ।

पाँच बुँदे माग सहित आमरण अनसनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई समर्थन गर्ने फिल्मकर्मी बढेपछि मागहरु थप भएका छन् ।

पाँच बुँदे माग सहित निर्देशक समाजका अध्यक्ष बिमल पौडेल आमरण अनसनमा उत्रिएका छन् । पौडेल आज बिहान कार्यालय समय देखि माग पुरा नहुन्जेल सम्मका लागि आफ्नो अनसन जारी राख्ने दृणताका साथ आन्दोलनमा उत्रिएका हुन् ।

रिमझिम रिमझिम पानी परिरहेको अवस्थामा पनि झरीको कुनै वास्ता नगरी आफ्ना दुई प्रेमीहरु बिष्णु कार्की र भानु शर्मासँग कतारको पर्यटकिय स्थल भनेर चिनिने पर्ल कतार भित्रको रमणिय स्थलहरुमा नायिका गरिमा पन्तले रोमान्स गर्न भ्याईन् ।

केहि दिन अगाडी मात्र राजधानीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा देखाईएको फिल्म सुनगाभाको धरानमा च्यारिटी गरिने भएको छ । धरान महिला शक्ति विकास समूहको सहयोगार्थ फिल्मको च्यारिटी गर्न लागिएको निर्देशक सुवर्ण थापाले जानकारी गराए ।

प्रदर्शनको क्रम नजिकिदै गर्दा फिल्म आध्याय युनिटले पब्लिसिटी जोडतोडका साथ अगाडी बढाउन थालेको छ । बिहिबार मात्र प्रोमो सार्वजनिक गरेको फिल्म युनिटले आज शिर्ष गीत रिलिज गरेको छ ।

