Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

छड्केमा ओभर फ्लो दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2013/02/23

रिलिज अगाडीको हाईप विपरित दर्शकको रिभ्यू पाएको छड्केको आजको बिहानी  शोहरु पनि  हाउसफुल भएका छन् । रिलिजको दिननै उत्साहजनक ब्यापार गरेको यो फिल्मले शनिबारको बिहानी शोमा पनि शत प्रतिशत ब्यापार गरेको हो ।

 

फिल्मी ईतिहासमा नयाँ रेकर्ड बनाएको यो फिल्मका शोहरु पनि थपिएका छन् । काठमाण्डूका प्रमुख मल्टिप्लेक्स क्यूएफएक्स, विग मुभिज, एफक्यूब, गोपीकृष्ण तथा अष्टनारयणमा दर्शक टिकट नपाएर फर्किएको स्थिती फिल्मीखबरले स्पट रिपोर्टिङका क्रममा  देखेको छ । यस्तै पोखरामा पनि शोहरु बढाईएको वितरक समेत रहेका प्रोड्यूसर नरेन्द्र महर्जनले जानकारी दिएका छन् ।

 

गोपीकृष्णमा यो फिल्मले एक दिनमै साढे २ देखि ३ लाखको ब्यापार गरेको प्रबन्धक प्रदीप दाहालको भनाई छ । फाईनल रिपोर्ट नरहेको भन्दै दाहालले यो फिगरमा तल माथि हुन सक्ने बताएका छन् ।  उनका अनुसार शायद र मायाज बारको भन्दा बढी मारामारी दर्शकले देखाईरहेका छन् । यस्तै क्यूएफएक्सले सत्र शोबाट बढाएर आफ्नो शो अठार पुर्याएको छ ।

 

शनिबार बिदाको दिन परेकाले क्यूफएक्स डिष्ट्रीब्यूशन हेड बसन्त मानन्धरले कलेक्सन रिपोर्ट भोली मात्र सार्वजनिक गर्ने बताएका छन् । मानन्धरका अनुसार छड्केको ब्यापारमा कुनै खोट छैन । यता चाबहिल चुच्चेपाटीमा रहेको एफक्यूबमा पनि शत प्रतिशत ब्यापार भएको अरुण रिजालको भनाई छ । एफक्यूबमा पनि दर्शकको फ्लो बढेकाले ८ शोबाट बढाएर  आज १२ शो  पुर्याईएको छ । रिजालका अनुसार राउन्ड फिगरमा दुई दिनको कलेक्सन १० लाख माथि निश्चित छ ।