बलिउडका तीन स्टार सलमान, शाहरुख र ऋतिक रोशनको फिल्म आउने समयको जस्तो दर्शकको बाढी छड्केमा देखिएको छ । दुई वटा हिट फिल्म दिएका माधव वाग्ले र नरेन्द्र महर्जनको नयाँ फिल्म छड्के हेर्न दर्शकले अत्याधिक उत्साह देखाएपछि क्यूफएक्सले आफ्ना तीन वटा हलमा छड्केलाई पहिलो दिन नै अठार शो दिन बाध्य भएको हो ।
क्यूएफएक्स प्रमुख नकिम उद्दीनका अनुसार शुक्रबारको फष्ट शो हेर्नका लागि बिहिबार साँझ देखिनै टिकटहरु सोल्ड आउटको स्थिती थिए । 'सलमान शाहरुख र ऋतिकको फिल्म हेर्ने ईच्छा जस्तै छड्केका दर्शकले देखाएपछि हाम्रो अनलाईन बुकिङका स्टापहरुको ब्यस्तता हवात्तै बढेको छ । त्यसैले यो हामीले दिएको शो हैन छड्के आफैले पाएको हो । तसर्थ दर्शकको डिमान्ड बढ्दा हामी जहिलै पनि नेपाली फिल्मको पक्षमा छौ', उनले भनेका छन् । सेलेक्डेट फिल्म मात्र लाग्ने नेपालकै उच्चकोटीको क्यूएफएक्स च्यानलका सेन्ट्रोल सहित जय नेपाल र कुमारीमा छड्के हाउसफुल भएको हो ।
अहिले दिईएको अठार शो हाउसफुल भएमा साढे ६ हजार दर्शकले फिल्म हेर्छन् तसर्थ औषतमा एक दिनको बिजनेज हेर्ने हो २ सय ५० का दरले १६ लाख भन्दा बढि बिजनेस छड्केले क्यूफएफक्सबाट मात्र गर्ने निश्चित छ । यो फिल्मको ओभरसिज शोबाट ५६ लाख नेट कलेक्सन गरिसकेको प्रोड्यूसर वाग्लेले जनाएका छन् । फिल्मको बजेट सवा करोड भनिएको छ । देशभरका ३० वटा थिएटरमा आजदेखि रिलिज भएको छड्के कलेजका स्टुडेन्टहरुले ज्यादा रुचाएका छन् । यसैगरी विग मुभिजमामा पनि छड्के हाउसफुल भएको छ । अपरेशन म्यानेजर राकेश श्रेष्ठका अनुसार चार शो फिक्स गरिएको छड्केको शो बढ्ने सम्भावना प्रवल छ ।
गोपीकृष्णमा पनि हाउसफुल
हिन्दी फिल्म जिल्ला गाजियाबादलाई छड्केले गोपीकृष्णबाट रिप्लेस गरिदिएको छ । गोपीकृष्ण च्यानलले किनेको उक्त फिल्मको टिकट बिक्रि नभएपछि छड्केले करिब १६ सय सिट क्षमताका गोपी र कृष्ण थिएटरमा बिहानै आफ्नो कब्जा जमाएको हो । बिहानको पहिलो शोको हिसाव गर्ने हो भने औषतमा सय रुपैयाको दरले १ लाख ६० हजारको बिजनेस गोपीकृष्णमा छड्केले गरेको छ । प्रबन्धक प्रदीप दाहलका अनुसार यो उत्साह सवै फिल्मको हकमा देखिएका नेपाली फिल्म ईन्डष्ट्री उकालो चढ्न धेरै समय लाग्ने छैन ।
यि बाहेक राजधानीका अन्य हलको रिपोर्ट आईसकेको छैन भने राजधानी बाहिर ११ बजे पछि मात्र शो हुनेछ । आज दिनभरीको शो र ओपनिङ कलेक्सन साँझ अपडेट हुनेछ ।

