Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्याक्सी दुर्घटनामा प्रमोद खरेल घाईते

फिल्मीखबर, काठमाण्डौ, 2013/02/23

गायक प्रमोद खरेल ट्याक्सी दुर्घटनामा परेका छन् । शुक्रबार  पर्वतमा भएको  कन्र्सट सकेर पोखरा फर्किने क्रममा उनी चढेको ट्याक्सी राति ८ बजे पोखरा स्थित हेम्जा फेदी भन्ने स्थानमा दुर्घटनामा परेको हो । ट्याक्सी सडक छेउको विजुलीको पोलमा ठक्कर खादै चार–पाँच बल्ड्याङ तल पल्टिएको थियो । 

 
कच्याककुचुक भएको ट्याक्सीको झ्यालको सिसा फोडी उनलाई स्थानिय गाउलेले रेस्क्यू गरी चरक हस्पिटलमा लगेका थिए । उनको कुम र टाउकोमा चोट लागेको छ  । यस्तै खरेलले फिल्मीखबरसंगको कुराकानीमा ठूलो दुर्घटनामा पनि आफू सकुशल भएकाले चिन्ता नगर्न भनेका छन् ।   
 
उनी दश बिहान दश बजे बिहान काठमाण्डू आईसकेका छन् । उनको साथमा स्थानिय चकलेट साप्ताहिकका पत्रकार गणेश पौडेल पनि ट्याक्सीमा रहेकाले उनलाई पनि ईन्टरनल चोटपटक लागेको छ । 'हिजो राति चाहि ठूलै एक्सीडेन्टमा परे जस्तो भएको थियो तर सामान्य उपाचर पश्चात बाहिरी चोट छैन त्यसैले काठमाण्डू फर्किएको छु,'  खरेलले भनेका छन् । 
 
बाहिरी चोट ठूलो नदेखिए पनि उनको टाउकोको सिटी स्क्यान गर्नुपर्ने डाक्टरले सल्लाह दिएको दिएका छन् ।