छड्के हेर्न जस्तो अपेक्षा बोकेर हल गएका थिए त्यस्तो रिजल्ट नपाएपछि फिल्म जर्नलिष्टहरुले छड्केको सर्ट रिभ्यू फेसबुक वालमा लेखेका छन् । सेन्ट्रोल लेभलका यि जर्नलिष्टहरुलाई छड्केले निरास बनाएको उनीहरुको स्टाटसबाट स्पष्ट हुन्छ ।
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : अडियन्स वाउ, कस्तो हाउसफुल तर छड्के !? मेरो एक्सपेक्टेशन हाईज भएछ कि क्या हो !
लक्ष्मण सुबेदी (नयाँ पत्रिका दैनिक) : ईकु ३ र महादेव हेरे जस्तै लाग्यो...
सचिन आचार्य (टिभी फिल्मी) : छड्के हेरियो, विग मुभीजबाट निस्कदा कत्तिले त अव देखी जिन्दगीमा नेपाली फिल्म नहेर्ने कसम खाएको सुनियो । नेपाली दर्शक यस्ता फिल्मले भड्केको मेरो बुझाई छ । के के न होला भनेको....
डब्बु क्षेत्री(राजधानी दैनिक) ः फिल्म छड्केको हाउसफुल दर्शक देखेर खुशी लाग्यो । हलबाट निस्कदा दर्शकको गाली सुनेर दुःख लाग्यो । फिल्मले ढुङ्गे युगको हिंसाको याद दिलाउछ ।
मनोज श्रेष्ठ (अन्नपूर्ण पोष्ट) : नेपाली फिल्म छड्केको दम छैन बिहार, साउथ फिल्म जस्तै मान्छे मार्ने काट्ने चुरोट पिउने मात्रै छ हल्फ़ पछि त नहेरेनी हुन्छ।

