
चलचित्र निर्देशक समाजमा केही हप्तादेखि रिक्त रहेको महासचिव पदको जिम्मेबारी दिनेश डिसीलाई दिएको छ ।

माघ १९ बाट फाल्गुन ११ गतेका लागि रिलिज डेट तय गरिएको फिल्म 'छड्के' को अफिसियल हल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकबाट राम्रो प्रशंसा पाएको छड्केको यो हल प्रोमोले कति आकर्षित गर्छ हेर्न बाँकी छ ।

पूराना कलाकारलाई पोस्टर तथा प्रोमो अनि गीतमा देखाउँदा दर्शकहरू भड्किन्छन् भन्ने फिल्मकर्मीहरूको मान्यतालाई निर्माता कविता श्रेष्ठले गतिलै झापड दिएको प्रस्तुत वरदान फिल्मको पोस्टरमा देखिन्छ ।

फिल्म क्षेत्रमा उठ्ने प्रमुख मुद्धाहरुमा नेतृत्व बहन गर्ने क्षमता राख्दै राष्ट्रिय चलचित्रकर्मी मञ्चलाई शक्तिशाली बनाईने भईएको छ । अनसनको क्रममा जन्मिएको यो संस्थालाई दीर्घकालिन रुपमा शक्तिशाली बनाई अघि बढ्ने बिषयमा अनसन समाप्ती संगै निर्णय गरिएको हो ।

आजदेखि काठमाडौंको चावहिल, चुच्चेपाटीमा रहेको केएल टावरमा केएल सिनेमा सिटी अन्तर्गत ‘एफक्यूब’ सिनेमा हल सञ्चालनमा आएको छ ।

बलिउड फिल्म ईन्डस्ट्रीमा जम्नका लागी संर्घषरत केहि नेपाली युवाहरु मिलेर एउटा फिल्म निर्माण गरेका छन् । ‘निरंकुश’ नाम दिएर मुम्बईमै निर्माण सकिएको फिल्म जनवरी २ मा प्रदर्शनमा आउन लागेको निर्माणपक्षले जानकारी दिएको छ । मनोवैज्ञानिक कथामा बनाईएको फिल्मलाई नेपाली निर्देशक राजु काफ्लेले निर्देशन गरेका हुन् ।

