मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

सेक्सुअल सिनमा मौसमीलाई `नो इन्ट्री`

फिल्मीखबर, काठमाण्डौ, 2013/02/23

अभिनेत्री मौसमी मल्लले आफ्नै छोरा विक्की मल्ललाई फिल्म 'समय' मार्फत चिनाउँदै छिन् । तर यिनै मौसमीले आफ्नै छोराले गरेको रोमान्स भने हेर्न पाईनन् ।

 


शनिबार केहि सञ्चारकर्मीसँगको भेटमा विक्कीले फिल्ममा नवनायिका सुरभी बिष्ट (जैन)सँग गरेको रोमान्सका बारेमा बोल्दै भने- 'पहिलो फिल्म भएर होला शुरूमा निकै नर्भस भएँ तर पछि सुरभीको सपोर्टले गार्‍हो भएन ।' यस्तै उनले सुरभीसँग रोमान्सको सुटिङका बेला आफ्नी आमा (मौसमी)लाई सेटमा आउन नदिएको बताए । उनले भने- 'रोमान्टिक सिनमा मम्मीलाई नआउन आग्रह गरेको थिएँ ।' अन्य सिनमा भने मम्मी आएर सहयोग गरेको उनको भनाई थियो ।

 

यता पहिलो पटक क्यामेरा फेस गर्दा निकै नर्भस भएको सुरभीको भनाई छ । फिल्मको बारेमा आफ्नो अनुभव साट्दै सुरभी भन्छिन्- 'म पहिला रहरले आएँ अब दर्शकले मन पराईदिनु भयो भने यसलाई नै पेशा बनाउने छु ।' विक्कीसँग काम गर्न निकै सजिलो भएको बताउँदै आफूहरू बिचको अफस्क्रिन रोमान्सलाई भने उनले स्विकारिनन् । उनले भनिन्- 'जुनसुकै बेला पनि हामीलाई देख्दा हल्ल चल्नु स्वाभाविक हो तर हामी मिल्ने साथी मात्र हौं ।'

 

यता मौसमीले लामो समय सोचेर नै फिल्म निर्माण गर्दै छोरालाई डेब्यू गराएको बताईन् । दुई जेनेरेशनको कथालाई फिल्ममा उतारेको बताउँदै मौसमीले सबैले मन पराउने खालको फिल्म बनाएको दाबी गरिन् । उनी भन्छिन्- 'गिरफ्तार पछि मैले यसमा धेरै कुरा सोचेर नयाँ ढंगले दर्शलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु । आशा छ फिल्मले सबैको मन छुनेछ ।' यस्तै मौसमीले सेन्सर बोर्डले विक्की र सुरभीको रोमान्सको सिनमा आँखा लगाउँदै हटाउन लगाएको जानकारी गराईन् । उनले भनिन्- 'सबैले हेर्न मिल्ने खालको होस् भनेर सेन्सर बोर्डका सदस्यहरूले सिन र केहि संवाद हटाउन आग्रह गर्नु भएको छ र हामीले त्यो कुरालाई मनन गर्दै काट्न लगाएको सिन र संवादलाई मिलाएर राख्ने भएका छौं ।'

 

यसरी हेर्दा विक्की र सुरभीको अनस्क्रिन रोमान्समा दर्शकहरूले भरपूर मनोरञ्जन लिन पाउने छैनन् । मौसमी थप्छिन्- 'त्यो सिन हटाएर फिल्म सभ्य बन्ने देखेर हामी हटाउन राजी भएका हौं तर उक्त सिन हट्दैमा फिल्मको कथालाई कुनै असर पर्दैन । दर्शकहरू हरेक सिनमा रमाउन सक्नुहुन्छ ।' यहि फाल्गुन १८ गते रिलिज हुन लागेको दयाराम दाहाल निर्देशित यो फिल्ममा विक्की र सुरभीको साथमा मौसमी, राजेश हमाल र शुशिल क्षेत्रीको पनि मुख्य अभिनय रहेको छ । फिल्म निर्माणमा मौसमीलाई सन्देशमान श्रेष्ठले साथ दिएका छन् ।