Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिभिडीमा भिसा गर्ल

फिल्मीखबर, काठमाण्डौ, 2013/02/23

गत असोज महिनामा रिलिज भएको फिल्म 'भिसा गर्ल' को डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले भोली आईतवारबाट बजारमा ल्याउँदै छ । भ्यालेन्टाईन डे अर्थात गत फेब्रुअरी १४ तारिखका दिन नै रिलिज गर्ने तयारी गरेको हाईटेकले प्राबिधिक गडबडीले गर्दा एक साता पछि रिलिज गरेको हो ।

 

दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको तर व्यवसायिक सफलता हात नपारेको यो फिल्मको डिभिडीबाट हाईटेकले केहि आश गरेको छ । 'दर्शक हलमा गएर फिल्म नहेरे पनि डिभिडीमा हेर्नेछन् भन्ने विश्वास छ,' हाईटेकका सञ्चालक राजेन्द्र मानन्धरले भने- 'यो फिल्म घरमा हेर्दा पनि हलमा हेरे जस्तै फिल्म हुने गरेर निकै गुणस्तरिय क्वालिटीमा निकालेका छौं ।'

 

सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा युवानिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको यो फिल्म विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो । काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको लाईट कमेडी यो फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्मा र रेमनदाश श्रेष्ठ, रीमा विश्वकर्मा, मेनुका प्रधान र सलोनी राजभण्डारीको अभिनय हेर्न सकिन्छ ।