Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

बर्थ डेमा प्रियंकाले खोलिन् डिभोर्स रहस्य

अनुप भट्टराई, काठमाण्डौ, 2013/02/27

एक्सक्लुसिभ ! एक्सक्लुसिभ !! एक्सक्लुसिभ !!! अन्तत प्रियंका कार्कीले बर्थडेको दिन आफूले डिभोर्स गरिसकेको  रहेको रहस्य खोलेकी छिन् । रोचक मैनालीसंगको मागी बिहेलाई  डिभोर्समा परिणत गरेको झण्डै एक बर्ष भईसकेको उनले फिल्मीखबरसंगको कुराकानीमा बताएकी हुन् । 

 

आज प्रियंकाको २६औं बर्थ डे हो र यहि बर्थ डेको मौकामा उनलाई फिल्मीखबरले सोधेको थियो- 'तपाईको डिभोर्स भईसक्यो भन्ने हल्लाहरु चलिरहेका छन्, त्यसैले आज भन्दिनुस यो कुरा सत्य हो कि हैन ?' उत्तरमा उनले भनिन्- 'यो कुरा सत्य हो, मैले मेरो बेष्टफ्रेण्ड र थ्री लभर्स सुटिङ सकिए लगत्तै पेपर वर्क सकेर अफिशियल्ली रुपमै डिभोर्स गरिसकेको थिएँ । मात्र यति हो कि मिडियामा चाहि यो कुरा आएको थिएन ।'


डिभोर्स किन र के कारणले भयो त्यो भने उनले खुलाउन चाहिनन् तर उनले भनेकी छिन्- 'अब डिभोर्सको कुरै नगरौं ।' हाल अमेरिकामा रहेका रोचकसंग सम्बन्ध विग्रिए पश्चात नै उनी नेपाल आएर फिल्मी अभिनयमा ब्यस्त भएकी हुन् । अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै त्यहिँ बसेर कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचक मैनालीसँग उनको लभ अफएयर सुरु भएको थियो र त्यस पश्चात २०१० जुलाई १७मा उनको मागी बिवाह भएको थियो ।

 


करेन्ट पिरियडमा हेर्ने हो भने नम्बर वान हिरोईनको रुपमा आफूलाई उभ्याउन सफल प्रियंकाको पोल्टोमा दर्जनौ फिल्महरु आएका छन् जसलाई छान्ने काम उनले गरिरहेकी छिन् । आजको बर्थ डे संगैको डिभोर्स न्युजले केही तनावका प्रश्नहरु उब्जाउने निश्चित भएपनि साँझ  साथीहरु माझ केक काट्ने तयारी उनको छ । यस्तै आज दिउँसो तीन बजे भक्तपुर स्थित हौसला थापाको  सि.वाई.एस प्रोजेक्टमा रहेका ३४ जना अनाथ बालबलिका रहेको बालगृहको भ्रमण गरी प्रियंकाले सक्ने सहयोग गर्दैछिन् ।