एक महिना बढी आमाको काखबाट सात समुन्द्र पारि रहँदा रेखालाई कुनै रात चैन भएन । आँखा अगाडीका गगनचुम्बी सुन्दर भवन तथा चिल्ला सडकहरुले केही बेर मन बहलाए पनि रेखालाई काठमाण्डूको यादले कुनै दिन छाडेन ।
तर, एक महिना चार दिनपछि पुनः काठमाण्डूमा पाईला टेक्दा उनले लामो श्वास फेरेकी छिन् । 'मलाई एक किसिमको छटपटी भईरहन्थ्यो त्यस माथि म फर्किन्न कि भनेर पनि यहाँ गसिप बनेका थिए । त्यसैले आज काठमाण्डू ल्याण्ड भएपछि ती सवै छटपटी आफै हराएको छ,' साँझ ४ बजे नेपाल ल्याण्ड भएपछि रेखाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । उनलाई यति सम्मकी नेपाल ल्याण्ड हुने उत्साहले जेटल्याग (विमान यात्राले हुने थकाई)को अनुभव समेत हुन पाएको छैन यध्यपी उनी भोलि दिनभर रेष्ट गरेर घरमै बस्ने छिन् ।

'मैले थुप्रै देशको भ्रमण गरें तर अमेरिका भनेको अमेरिका नै रहेछ । त्यहाँको कानुन सर्वप्रथम मलाई मन पर्यो जसबाट म प्रभावित भएँ,' रेखाले अमेरिकाको वर्णन गरिन् । घुमेका स्थान मध्ये लासभेगस र न्यूयोर्क उनका लागि आनन्दलायक स्थान बनेको उनले बताएकी छिन् । उनले अमेरिकामा रहेकी गौरी मल्लसंग एक कार्यक्रममा भेट गरिन् भने समकालिन हिरोईन रञ्जना शर्मासंग मज्जाले समय विताईन् । तर उनले भेट्न चाहेर पनि जल शाह र पूजा चन्दलाई भेट्न नसेकेको बताउदै फोनमै कुराकानीमा गरेर चित्त बुझाउनु परेको बताएकी छिन् ।

नेपालमा रञ्जनाको बिषयमा जे जस्ता नचाहिने गसिपहरु रिलिज भएका छन् ती सवै गलत रहेको रेखाको दाबी छ । 'उ अरु कलाकारहरु जस्तो नेपाली कार्यक्रमहरुमा जादिन रहिछ त्यसैले नबुझिकनै उसको बारेमा नेगेटिभ गसिप बाहिरिएका रहेछन्,' रञ्जनाको बारेमा अपडेट हुन खोज्दा फिल्मीखबरलाई रेखाले सो जानकारी गराएकी हुन् ।

कलिउड बजारमा एक किसिमको प्रभाव जमाउन सफल रेखा चैत्र ३० गते रिलिज हुने होम प्रोडक्सनको फिल्म हमेशाको डविङमा सर्वप्रथम बिजी हुने छिन् भने त्यो अघि पर्सी शुक्रबार एउटा नयाँ फिल्मको स्क्रिप्ट सुनी सो फिल्म खेल्ने नखेल्ने डिसाईड गर्दैछिन् । 'स्क्रिप्ट मन परे सो फिल्म खेल्छु मन नपरे बैशाखमा नवल नेपालको फिल्ममा ब्यस्त हुन्छु,' रेखाले भनेकी छिन् ।
.jpg)

