Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ वितेका पलको अडियो गीत

फिल्मीखबर, काठमाण्डौ, 2013/02/27

दार्जीलिङमा सुटिङ गरिएको सुरज सुब्बा नाल्बो निर्देशित फिल्म वितेका पलको एउटा अडियो गीत नेपालको सञ्चारमाध्यममा रिलिज गरिएको छ । फिल्म सुटिङ पूर्व दार्जीलिङमा अडियो विमोचन गरिएको यो फिल्मको अडियोलाई नेपालमा भने पहिलो पटक औपचारिक रूपमा रिलिज गरेको निर्माता राजेश घतानीले बताए ।

 

सार्वजनिक गीतमा डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ भने स्वर बाबु बोगटी र प्रकृती गिरीको रहेको छ । भारतमा नेपाली तथा नेपालीभाषीहरूले गीतलाई निकै रूचाएको बताउँदै निर्माता घतानीले नेपालमा पनि रूचाउने विश्वास लिएको बताए । बाबु बोगटी, केकी अधिकारी र अबिनाश गुरूङको त्रिकोणात्मक प्रेमकथामा बनेको यो फिल्मको अहिले राजधानीमा पोस्टप्रोडक्सनको काम भईरहेको छ ।

 

राजेश घतानीको कथा र निर्देशक सुब्बाको पटकथा तथा संवाद रहेको वितेका पलमा डम्बरको साथमा बाबु बोगटी र रोशन लामाको संगीत रहेको छ । विग प्रोडक्सन हाउसले निर्माण गरेको यो फिल्मको छायाँकन हरि लामाले गरेका छन् भने करियोग्राफी अर्जुन गौतम र शंकर बिसीको रहेको छ । यस्तै बिपिन मल्लले फिल्मको सम्पादन गरिरहेका छन् । फिल्म निर्माणमा अमेरिकामा रहेका एनआरएन क्रिष रिजालले पनि सघाएका छन् ।

 

नयाँ बर्ष २०७० सालमा युरोप, अमेरिका, गल्फ मुलुक तथा भारतको दार्जीलिङ र सिक्किममा फिल्मलाई रिलिज गरि नेपालमा रिलिज गरिने निर्माता घतानीले बताए ।

 

Click Here : Jaba Sanjha Parchha...(Biteka Pal)