Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्दासर्दै एक्लै आउने भो `समय`

फिल्मीखबर, काठमाण्डौ, 2013/02/28

अभिनेत्री मौसमी मल्ललाई चिठ्ठा नै परेको छ । हरेक साता दुई देखि तीन फिल्म रिलिज हुने गरेको अवस्थामा उनले निर्माण गरेको फिल्म 'समय' भने भोली शुक्रबारबाट देशभर रिलिज हुनेछ त्यो पनि बिना प्रतिष्पर्धा ।

 

मंसिर महिनाबाट सर्दासर्दा अहिले आफ्नो फिल्मले सिङ्गल रिलिज पाएकोमा निर्माता मल्ल दंग छिन् । पारिवारिक प्रेमकथामा बनेको यो फिल्ममा मौसमीकै छोरा विक्की पहिलो पटक फिल्ममा देखिंदैछन् । विक्कीलाई नयाँ अनुहार सुरभी बिष्ट जैनले साथ दिएकी छिन् । दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा मौसमी मल्ल, राजेश हमाल र शुशिल क्षेत्री पनि मुख्य भुमिकामा छन् ।

 

सन्देश श्रेष्ठ समेत निर्माता रहेको यो फिल्म क्यू सिस्टमबाट देशभरका हलमा लाग्नेछ । लक्ष्मण शेषको संगीत समावेश फिल्मलाई दुई पुस्ताको रोचक कथा भनिएको छ । विष्णु कल्पितको छायाँकन तथा रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको यो फिल्ममा गोबिन्द राईको नृत्यनिर्देशन रहेको छ । फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।