
महानायक राजेश हमालको बिबाह प्रसङ्गसँगै चर्चित गायक राजेश पायल राईको बिबाहको चर्चा पनि हुने गर्दछ । अहिलेसम्म बिबाह नगरी बसेका यि दुई राजेश नै अब बिबाहको मुडमा पुगेका छन् । हमालले एक बर्ष भित्रमा बिबाह गर्ने बताएका छन् भने राईले पनि अब छिट्टै बिबाह गर्ने मुड बनाएका छन् ।

शुक्रबारबाट तीन फिल्म प्रदर्शनमा आएका छन् । राजधानी सहित मोफसलमा दुई नयाँ फिल्म 'धन्दा' र 'तिमीले दिएको माया' रिलिज भएका छन् भने मोफसलमा रिलिज भईसकेको 'बन्दी' राजधानीका हलमा रिलिज भएको छ ।

झण्डै एक बर्षको अन्तरालमा आयोजना गरिएको प्रिमियरको रौनकले फिल्मकर्मीलाई जति उत्साहित बनायो त्यति नै स्पिचलेस (स्तब्ध) बनायो फिल्म धन्दाले ।

सोलमेट (आत्माको साथी) को रुपमा पाएका आफ्नो गर्लफ्रेण्डले क्रिसमसमा दिएको गिफ्टमा महानायक राजेश हमाल धन्दाको प्रिमियरमा देखा परेका छन् ।

'जव म आफूलाई स्क्रिनमा देख्छु तव निकै छटपटी हुन्छ त्यसैले यो प्रतिज्ञा जस्तै हो सम्भवत म आफ्नो फिल्म चाहि हेर्ने छैन', प्रिमियर शो पश्चात धन्दा हिरो अर्पण थापाले फिल्मीखबरसंग आफ्नो रहस्य खोले ।

फिल्म काठमाण्डूको रिलिज पछि फुर्सदिला बनेका निर्देशक तथा अभिनेता आकाश अधिकारी विभिन्न भोज भेटघाट कार्यक्रम मै व्यस्त छन् ।

